शिवपुरी गाँउपालिकाका अध्यक्ष थपलिया गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनीत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । देशैभरका गाँउपालिकाहरुको छाता संस्था गाउँपालिका राष्ट्रिय महासंघ नेपालको केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा शिवपुरी गाँउपालिका अध्यक्ष गोविन्द प्रसाद थपलिया चयन हुनुभएको छ ।
महासंघको विधान २०७४ को दफा ९ को उपदफा ५ बमोजिम थपलिया केन्द्रीय कार्य सम्पादन समितिको सदस्यमा मनोनीत हुनुभएको गाउँपालिका राष्ट्रिय महासंघले जनाएको छ । महासंघको केन्द्रीय सदस्यमा अत्याधीक मत सहित बिजयी हुनुभएका थपलिया छोटो समयमानै महासंघ भित्र लोकप्रिय नेताको रुपमा छबी बनाउनु भएको छ । थपलिया यस अघि नेपाली काँग्रेस नुवाकोटको जिल्ला कार्यसमिति सदस्य, नेपाली काँग्रेस नुवाकोट क्षेत्र नं १ को क्षेत्रीय सभापतिको जिम्मेवारी समेत कुशलता पुर्वक निर्वाह गरिसक्नु भएको छ । थपलिया राजनीतिको साथसाथै सामाजिक क्षेत्रमा पनि निकै समय देखि सक्रिय हुनुहुन्छ । थपलियाले नेतृत्व गर्नुभएको नुवाकोट विकास संस्थाले नुवाकोटका ५ सय बढी विद्यार्थीहरुलाई मासिक अध्ययनका लागि आर्थिक सहयोग प्रदान गदै आइरहेको छ ।
महासंघको २०७९ चैत्र २६ र २७ गते सम्पन्न तेश्रो बैठकले लक्ष्मी देवी पाण्डेको नेतृत्वमा १३ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो ।

No description available.

प्रतिक्रिया दिनुहोस्

Array