तारकेश्वरका नगरप्रमुख कृष्ण हरि महर्जन र उपप्रमुख सृजना बुर्लाकोटीद्धारा गोलढुंगाको सडक ढलानको अनुगमन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ५ गोलढुंगामा प्रदेश सरकारको ससर्त अनुदानमा निर्माण भइरहेको सडक ढलानको कामको तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन र उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले आज साँझ अनुगमन गर्नुभएको छ ।
५३ लाख ३९ हजारको लागतमा निर्माण भइरहेको गोलढुंगाको मुल सडक बाटो देखि नागार्जुन स्कुल सम्म सडक ढलानको कामको अनुगमन गर्नुभएको हो । नगरपालिका क्षेत्र भित्र भइरहेका बिकास निर्माणको अनुगमनको संयोजक नगर उपप्रमुखको जिम्मेवारी रहेपनि नगरप्रमुख कृष्ण हरि महर्जन उपप्रमुखसंगै धेरै ठाँउमा अनुगमनका लागि पुग्ने गर्नुभएको छ ।
सडक ढलानको अनुगमन गर्ने क्रममा नगरप्रमुख कृष्ण हरि महर्जनले गुणस्तरलाई ख्याल गरेर ढलानको काम गर्न निर्देशन दिनुभयो । दिनभरी नगरपालिकाको आवधीक योजना र मिटिङ सकेर नगरप्रमुख र उपप्रमुख साँझ सडक ढलानको अनुगमनमा पुग्नुभएको हो ।

सडक ढलानको अनुगमनका क्रममा तारकेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष सम्भु फुंयाल सहित नगरपालिकाका प्राविधिक र स्थानीयवासीहरुको उपस्थीति रहेको थियो ।

No description available.

No description available.

No description available.No description available.

No description available.

rrt

प्रतिक्रिया दिनुहोस्

Array