न्याय, सुशासन र दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ बैशाख २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ,  ‘न्याय, सुशासन र दिगो विकासका लक्ष्यका सन्दर्भमा दक्षिण एशिया’ विषयक तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन यहाँ सुरु भएको छ ।

काठमाडाँैं विश्वविद्यालय, नेपाल समसामयिक अध्ययन केन्द्र (केयु एनसिसिएस) को अगुवाइमा सोसल साइन्स एण्ड ह्युमानिटी एशोसिएन भारत, समाजशास्त्रीय समाज नेपाल र नेपाल अङ्ग्रेजी शिक्षक सङ्घको सहकार्यमा आयोजित सम्मेलनमा समाज विज्ञानका विभिन्न विद्यामा दख्खल भएका ७० भन्दाबढी अध्येताको सहभागिता छ ।

सम्मेलनमा भारतबाट मात्र ५० बढी प्रस्तुति रहनेछ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति डा भोला थापाले सम्मेलनको शुभारम्भ गर्नुहुँदै यस्ता सहकार्यले समग्रमा दक्षिण एशियालाई एक पहिचानका रुपमा अगाडि बढाउन सहयोग गर्ने बताउनुभयो ।

यस प्रकारको सहकार्यका लागि काठमाडौँ विश्वविद्यालय तयार रहेको र यस्ता कार्यक्रमले संसारका कुनाकुनामा रहनेले पनि शैक्षिक संस्थालाई सम्झेको अनुभव आफूले गरेको बनाउनुभयो ।

प्राध्यापक कृष्ण खनालले अहिलेको परिस्थितिमा सुशासन तथा विकासका नाममा बन्ने योजनाहरु कसैको हितमा भइरहेको पाइएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले यस्ता छलफल कुन कार्यक्रम ? कस्का लागि डिजाइन गरिएको हो र कार्यक्रम कस्को हितमा छ भन्ने विषयमा केन्द्रित रहेर काम भएमा सम्मेलनको सान्दर्भिकता रहने बताउनुभयो ।

सोसल साइन्स एण्ड ह्युमानिटी एशोसिएन, भारतका प्रतिनिधि प्राध्यापक अश्विनी अग्रवाल, राजस्तानका समाजशास्त्री आलोककुमार मिना, समाजशास्त्रीय समाज नेपालका सदस्य विष्णु बस्याल र नेपाल अङ्ग्रेजी शिक्षक सङ्घकी अध्यक्ष मोतीकला सुब्बा दवान, इण्डियन इष्टिच्युसन अफ मास कम्युनिकेशन–आइआइएमसीका प्राध्यापक सुर्भी दहिया, स्कुल अफ आर्टसका डिन एक्कुमाया पुन लागयतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा अध्यक्षता गर्दै प्राध्यापक लोकराज बरालले न्याय र सुशासनका क्षेत्रमा नेपालले धेरै काम गर्नुपर्ने बताउनुभयो । उहाँले स्रोतको असमान वितरण भएको र बहुसङ्ख्यक जनसङ्ख्या स्रोत र साधनको पहुँचबाट टाढा रहेको अवस्थामा नेपालका दलित, जनजाति तथा कमजोर वर्गको विषय छलफलमा नल्याएसम्म देश र समाजले प्रगतिको पथ लिन नसक्ने धारणा राख्नुभयो । डा उद्धव प्याकुरेल र समाजशास्त्री आलोककुमार मिनाले कार्यपत्र प्रस्तुत गर्र्नुभएको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array