तारकेश्वरमा जेष्ठ १ गते देखि स्वास्थ्य बीमा कार्यक्रम लागु, नगरप्रमुख कृष्ण हरि महर्जनद्धारा कार्यक्रमको सुभारम्भ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ जेष्ठ २०८०, मंगलवार
4 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकामा जेष्ठ १ गते देखि बीमा कार्यक्रम सुरु भएको छ । तारकेश्वर नगरपालिका वडा नं १ स्थीत साङला प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजीत विशेष कार्यक्रमका बिच तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले बीमा कार्यक्रमको सुभारम्भ गर्नुभएको हो ।
नेपाल सरकार बीमा बोर्डले २०७९ चैत्र १ गते देखि तारकेश्वरमा बीमा कार्यक्रम लागु गरे पनी चैत्र महिनामा बीमा गर्नेहरुको जेष्ठ १ गते देखि बीमा दावी सुरु भएको हो । बीमा कार्यक्रमको सुभारम्भ गदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले बीमा कार्यक्रम लागु भएसंगै तारकेश्वर नगरवासीहरुलाई उपचारका निम्ती सहयोग मिलेको बताउनुभयो ।

No description available.
साङला अस्पताललाई तारकेश्वरकै नमुना अस्पतालको रुपमा बिकास गरिदै लगिने बताँउदै नगरप्रमुख महर्जनले बीमीतहरुलाई साङला अस्पतालबाटै अधिकतम सेवा दिने गरि औषधी, चिकित्सक लगायतको व्यवस्था गरिएको बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले साङला अस्पतालका सेवाहरुको बारेमा नगरवासीहरुमा अझै सन्देश फैलाउनु जरुरी रहेको बताँउदै अस्पतालको सेवा बिस्तार गरेर तारकेश्वरको ९० प्रतिशत बिरामीको उपचार साङला अस्पतालमै गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

No description available.
साङला अस्पतालको वातावरणले बिरामीको धेरै मनोरोगहरु निको हुने अवस्था रहेको बताँउदै नगर उपप्रमुख बुर्लाकोटीले टोखाको माथिल्लो भाग र नुवाकोटका बिरामीहरु समेतलाई आर्कषीत गर्ने गरी काम गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले साङला अस्पताललाई सुविधा सम्पन्न गराउन नगरपालिका गम्भीर रहेको बताउनुभयो ।

No description available.
कार्यक्रमको सभापति वडा नं १ का वडा अध्यक्ष बिदुर सापकोटाले साङला अस्पतालमा तारकेश्वर सहित नुवाकोट जिल्लाबाट समेत बिरामी आउन थालेको बताँउदै बीमा कार्यक्रम सुरु भएसंगै स्थानीयवासीहरुको चहलपहल बढेको बताउनुभयो ।
कार्यक्रममा साङला अस्पतालका डा नहकुल सुवेदी बीमा कार्यक्रम लागु भएसंगै अस्पतालका सेवाहरुलाई थप प्रभावकारी बनाएको बताँउदै नगरवासीहरु ढुक्क भएर उपचारका लागि आउन आग्रह गर्नुभयो ।
तारकेश्वर नगर स्वास्थ्य शाखाका अधिकृत राधा थपलियाले सञ्चालन गर्नुभएको कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरे, नेपाली काँग्रेस तारकेश्वर १ का वडा सभापती अम्मर लामा, नगर स्वास्थ्य शाखाका प्रमुख बिनोदकुमार शाह, स्वास्थ्य शाखाका गणेश कुंवर, शोभा आचार्य, भरत पाण्डे, शहरी स्वास्थ्य केन्द्र वडा नं ११, ९ र ४ का इञ्चार्जहरु सुमित्रा उपाध्याय, जनार्दन अधिकारी, सत्यनारायण शाह लगायत स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयमसेवीका सहितको उपस्थीती रहेको थियो ।
तारकेश्वर नगरपालिका वडा नं १ साङलामा रहेको प्राथमीक स्वास्थ्य केन्द्र ३७ रोपनी क्षेत्रफलमा फैलिएको छ । बीमा कार्यक्रम सुभारम्भ भएसंगै साङला अस्पतालबाट तारकेश्वरका ३६ बर्षीय प्रकाश आचार्यले पहिलो सेवा लिएका छन् । अर्थोपेडिक सम्बन्धी समस्या भएका आचार्यलाई चेकजाँच गरेर थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गरिएको साङला अस्पतालका डा नहकुल सुवेदीले जानकारी दिनुभयो ।
चैत्र १ गते देखि लागु भएको स्वास्थ्य बीमा कार्यक्रममा हाल सम्म तारकेश्वर नगरपालिकाका ११ वटै वडाका ८५६ जनाले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा गर्नेहरु मध्य सबै भन्दा बढी वडा नं ८ का रहेका छन् । वडा नं ८ बाट १५० जनाले बीमा गरेका हुन् । स्वास्थ्य बीमाका लागि तारकेश्वरका ११ वटै वडामा बीमा प्रतिनिधिहरु खटिएका छन् । ५ जना परिवारका सदस्य भएको परिवारले बार्षिक ३५ सय रुपयाँ तिरेपछि एक लाख सम्मको उपचार सेवा पाउने छन् । पाँच जनाको परिवारमा एक जना जेष्ठ नागरिक रहेका जेष्ठ नागरिकले सोहि बीमा रकमबाट छुट्टै एक लाख रुपयाँ बराबरको उपचार सुविधा पाउने छन् । त्यस्तै अपांगता भएका व्यक्ति, गरिब र महिला स्वास्थ्य स्वयमसेवीकाहरुले बीमामा ५० प्रतिशत छुट पाउने छन् । स्वास्थ्य बीमा गर्ने बीमितहरुले नेपाल सरकारले तोकेको ११ सय प्रकारका औषधी र तारकेश्वरको साङला अस्पताल सहित पाटन, बिर, गंगालाल अस्पताल, मनमोहन कार्डीयोलोजी, ट्रमा सेन्टर, थापाथली अस्पताल, भक्तपुरको क्यान्सर अस्पताल, आँखा अस्पताल लगायतका ठुला सरकारी अस्पतालमा उपचार गर्न पाउने छन् ।

No description available.

No description available.

No description available.

fg

प्रतिक्रिया दिनुहोस्

Array