विशेष अदालतद्धारा कैद र जरिबानको फैसला भएका एमाले क्षेत्र नं ६ का अध्यक्ष लामिछानेले पुनराबेदन म्याद बुझे

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ जेष्ठ २०८०, आईतवार
2 Min Read
Aa

काठमाण्डौं । विशेष अदालतले गैरकानुनी रुपमा जग्गाधनी दर्ता श्रेस्ता तयार गरी भ्रष्टाचार गरेको अभियोगमा कैद तथा जरिवानाको फैसला गरेका नेकपा एमाले काठमाडौं क्षेत्र नं ६ का अध्यक्ष बिश्वनाथ लामिछानेले पुनराबेदन म्याद बुझेका छन् ।
गैरकानुनी रुपमा जग्गाधनी दर्ता श्रेस्ता तयार गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले नेता लामिछानेलाई ६ महिना कैद र २५ हजार जरिवाना गरेको हो । विशेष अदालतको २०६९ माघ १९ गते भएको उक्त फैसलाको २०८० बैशाख ६ गते लामिछानेलाई घर, ठेगानामा पुनराबेदनको म्याद जारी गरी पठाईएको छ । अदालत श्रोतका अनुसार लामिछानेले म्याद बुझेका छन् ।
यस्तो छ विशेष अदालतको पुनराबेदनको म्याद
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल काठमाण्डौंका अनुसन्धान अधिकृत बालकृष्ण वाग्लेको प्रतिबेदनले बादी नेपाल सरकार, प्रतिबादी तपाँई भएको गैरकानुनी रुपमा जग्गा धनी दर्ता श्रेस्ता तयार गरी भ्रष्टाचार गरेको मुद्धामा यस अदालतबाट मिति २०६९÷१०÷१९ मा फैसला हुँदा तपाईलाई ६ महिना कैद र २५ हजार जरिवाना हुने ठहरी फैसला भएकोले तपाँईको नाममा यो पुनराबेदनको म्याद जारी गरी पठाईएको छ । यस अदालतको ईन्साफमा तपाँईलाई चित्त नबुझे यो म्याद तपाँईले पाए वा घर दैलोमा टाँस भएका मितिले पैतिस दिन भित्र श्री सर्बोच्च अदालतमा पुनराबेदन गर्न जानुहोला । नगई म्याद गुजारी बसेमा कानुन बमोजिम हुने छ । पछि तपाँईको उजुरी लाग्ने छैन् ।
२०८० साल बैशाख ६ गते रोज ४ सुभम

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array