नेपाली कांग्रेस सहित गठबन्धनको सरकार र बजेट निर्माण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ जेष्ठ २०८०, आईतवार
3 Min Read
Aa

प्रदीप कुमार सेढाई
काठमाण्डौं । नेपालको संघिय सरकार र बाग्मती प्रदेश सरकारको अर्थमन्त्री ज्यूहरु दुवै जना एकैसाथ यस पटक नुवाकोटकै हुनुहुन्छ । केन्द्रीय सरकारमा डा. प्रकाश शरण महत ज्यू र बाग्मती प्रदेश सरकारमा माननीय बाहादुर सिंह लामा ज्यु हुनुहुन्छ । साथै नेपाली कांग्रेसका शीर्ष नेता माननीय अर्जुन नरसींह केसी ज्यु संधीय सांसद र पुर्व अर्थमन्त्री डा रामशरण महत पार्टीको महत्वपुर्ण स्थानमां हुनुहुन्छ । त्यसैगरी नेपाली कांग्रेसका जिल्ला सभापती माननीय रमेश महत प्रदेस सभा सांसद हुनुहुन्छ । नेपाली काग्रेस नुवाकोटका पुर्व सभापती द्वय जगदीश्वर नरसींह केसी र धुर्व अधीकारी पार्टी गतीवीधी को साथसाथै विकास निर्माणको लागी सकृय भुमीकामां हुनुहुन्छ।
राजधानीसंग सिमाना जोडीएको जिल्ला, उत्तर छीमेकी चीन र दक्षिण छिमेकी भारतसंग नजीकै जोडिएको जिल्ला हो नुवाकोट । जहाँ कृषीयोग्य भुमी ठुला समथल फांटहरु ठुला २ वटा नदीहरु र वनजंगलले सोभायमान तराई र हिमाल बीचको यस भुगोल वातावरणीय हिसावले पनी कृषी, पशुपालन र उध्योग तथा बाणीज्य विकाषको लागी उपयुक्त र सहज देखीन्छ । ठुला उध्योग तथा बाणीज्य केन्द्रको स्थापना राजधानीसंग जोडीयको जिल्लामां राख्ने परम्परा भारत र चीनमां पनी रहेको छ । बजारको दृष्टीकोणले होस् अथवा आपुर्ती र वातावरणीय सुरक्षाको दृष्टीकोणले होस राजधानीसंग जोडीयको नुवाकोट जिल्लामा औधोगीक क्षेत्र, ड्राईपोट निर्माणको गन्तव्य स्थल वनाउनको लागी सुरक्षीत र महत्वपुर्ण स्थान मानीन्छ ।
कृषी,पशुपंक्षी पालन, युनीभरसीटी, ठुला हस्पीटल, हाईडोपावर, र उध्योग सबै क्षेत्रको विकास तथा स्थापनाको लागी साथै ककनी ,चीम्टेश्वर, लगायत विभिन्न धार्मीक स्थल र ऐतीहासीक पर्यटकीय क्षेत्र विकासको लागी महत्वपुर्ण भुगोल नुवाकोट जिल्ला राजधानीवाट नजीक ६० कीलोमीटर पासांगलामु राजमार्ग,५२ किलोमिटर टोखा छहरे त्रीशुली मार्ग हुदै २ वटा बाटोवाट नुवाकोट सदरमुकाम विदुर जोडीएको छ भने गल्छी मैलुंग रसुवा गढी ८० कीलोमीटर सडकले उत्तरी छीमेकी मुलुक चीन जोडीयको छ साथै दक्षिण छिमेकी मुलुक भारतको मुख्य नाका बीरगंज र भैरहवाबाट सामान आउने जाने सडक पृथ्वी राजमार्गको गल्छी पनी जोडीयको छ ।
नुवाकोटको विकास र निर्माणको लागी नेपाली कांग्रेसका शीर्ष नेताहरु नेपाल सरकारको महत्वपुर्ण स्थानमा रहनु भएको छ । यो नुवाकोटबासीको निम्ती खुसीको कुरा पनी हो । नुवाकोटबाट केन्द्रको राजनीतिमा प्रभाव राख्ने नेतागणहरु धेरै हुनुहुन्छ । देशको राजधानी नजिकको जिल्ला भएरपनि नुवाकोटको विकासका निम्ती आदरणीय नेतागणहरु गर्नुभएको प्रयास सराहानीय छ । नुवाकोट जिल्लाबाट एकै पटक केन्द्र र प्रदेश सरकारको अर्थमन्त्री जस्तो जिम्मेवार मन्त्रालय सम्हाल्ने यो सुवर्ण अवसरमा जिल्लाको विकास निर्माणले कोल्टे फेर्ने आशा र अपेक्षा पनि गरिएको छ । नुवाकोटका नेतागणहरुले जिल्लाको प्राथमीकताको आधारमा यस क्षेत्रको यी माथी उल्लेखीत सबै संभावनाको विकास गरेर सार्थक तुल्याउनु हुने छ भन्ने विश्वासमा आम नुवाकोटवासीले गरेका छन्। धन्यबाद जय नेपाल।

उपसभापती
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २, प्रदेश क कार्यसमिति

प्रतिक्रिया दिनुहोस्

Array