युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा सम्झौता गरी लिएको ऋण चुक्ता गर्न ७० सहकारीलाई आग्रह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

काठमाण्डौं ।  युवा तथा खेलकुद मन्त्रालय मातहत रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा सम्झौता गरी लिएको ऋण चुक्ता गर्न ७० सहकारीलाई आग्रह गरेको छ ।

कोषले आज एक सार्वजनिक सूचना प्रकाशित गरी कोषलाई बुझाउनुपर्ने साँवा, ब्याज र हर्जाना सहितको सम्पूर्ण रकम ३५ दिनभित्र बुझाउन आग्रह गरेको हो । तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप–समितिको तीनपुस्ते विवरणसहित रकम असुलीका लागि कालोसूचीमा राख्ने कोषले चेतावनीसमेत दिएको छ ।

ऋण चुक्ता गर्नुपर्ने गरी कोषले निकालेको विवरणानुसार सबैभन्दा धेरै कर्णाली प्रदेशका २८ सहकारी रहेका जनाइएको छ । यसैगरी, कोशी प्रदेशका १४, मधेस प्रदेशका ११, बागमतीका १०, लुम्बिनीका चार तथा सुदूरपश्चिम प्रदेशका तीन सहकारी छन् । सात प्रदेशमध्ये गण्डकीमा सञ्चालनमा रहेका सहकारी यो सूचीमा परेका छैनन् । थोक कर्जा तिर्न बाँकी सहकारीमध्ये रकम बुझाइ हिसाब मिलान गर्न बाँकी भएमा कोषको सचिवालयमा आवश्यक भौचरसहित हिसाब मिलान गर्न पनि कोषले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array