नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँको अध्यक्षमा भुसाल निर्वाचित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

काठमाण्डौं । नेपाली कांग्रेस निकट श्रमिकहरुको साझा संस्था नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँको अध्यक्षमा देवीप्रसाद भुसाल निर्वाचित हुनुभएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँको सातौँ अधिवेशनको आज बिहान सम्पन्न मतगणनामा भुसालले चार सय २१ मत ल्याई विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत सुशीलराज पौडेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी धर्मसागर ढकालले तीन सय ५२ मत प्राप्त गर्नुभएको छ । भुसाल दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यस्तै, उपाध्यक्षमा देवेन्द्रप्रसाद कोइराला, महिला उपाध्यक्षमा शारदालक्ष्मी श्रेष्ठ, जिल्ला उपाध्यक्ष (सेवा क्षेत्र)मा मीनप्रसाद पोखरेल, उपाध्यक्ष (उत्पादन क्षेत्र) सजना नेपाल, उपाध्यक्ष (अनौपचारिक तथा स्वरोजगार) यादवप्रसाद पौडेल र सचिवमा प्रकाश मगर विजयी हुनुभएको छ ।

यसैगरी, दुई सहसचिवमा रणधिरकुमार यादव र विष्णुहरि अर्याल, कोषाध्यक्षमा वासुदेव भण्डारी तथा सहकोषाध्यक्षमा यन्जुदेवी दाहाल विजयी हुनुभएको छ । सदस्यमा भने दीपक थापा, पूर्णमान डङ्गोल, मनिषा पोखरेल, सृजना अर्याल, सीताराम भण्डारी र वीरजित रोकाया विजयी हुनुभएको हो ।

महिला सदस्यमा रोशनी खड्का र सुमिका पाख्रिन विजयी हुनुभएको निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । निर्वाचनका लागि मङ्गलबार दिउँसो ३ देखि साँझ ७ बजेसम्म मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array