तारकेश्वर नगरपालिकाद्धारा यस बर्षको शैक्षिक क्यालेन्डर सार्वजनीक, तारकेश्वरमा २८२ दिन विद्यालयहरुमा पठनपाठन हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ जेष्ठ २०८०, शनिबार
9 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाले तयार गरेको आर्थीक बर्ष २०८०÷०८१ को शैक्षिक क्यालेन्डर सार्बजनीक गरिएको छ ।
तारकेश्वर नगरपालिकाको सभाहल धर्मस्थलीमा आयोजीत कार्यक्रममा नगरप्रमुख कृष्ण हरि महर्जनले शैक्षिक क्यालेन्डरको सार्वजनीक गर्नुभयो । नगर शिक्षा शाखाले शुक्रबार आयोजना गरेको पाठ्यक्रम प्रबोधिकरण, वार्षिक शैक्षिक कार्यक्रमको समीक्षा तथा भावी योजना प्रस्तुतिकरण सम्बन्धी कार्यक्रममा नगरप्रमुख कृष्ण महर्जनले शैक्षिक क्यालेन्डर सार्वजनीक गर्नुभएको हो ।
कार्यक्रममा नगरप्रमुख महर्जनले तारकेश्वर नगरपालिकाले शिक्षा क्षेत्रमा गरेका काम कारबाही र भाबी योजनाहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । निकै मेहनताका साथ तयार पारीएको कार्यपत्र सहितको नगरप्रमुखको प्रस्तुतीमा सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरु, प्रधानाध्यापक सहित सहभागीहरुले समर्थन गर्नुभएको थियो ।

May be an image of 3 people and text
कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले शिक्षा क्षेत्रमा परिवर्तन आएमा मात्र समग्र नगरपालिकामा समृद्धि छाउने बताँउदै शिक्षा क्षेत्रको बिकासका लागि शिक्षकहरुमा सकारात्मक सोचको जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “शिक्षक भएपछि सकारात्मक सोच जरुरी छ, सकारात्मक सोच भएमा शिक्षामा सुधार आउने छ । शिक्षक भनेको सकारात्मक व्यक्ति हो । त्यसैले शिक्षक र नगरपालिकाको समग्र साथ र सहयोगले मात्र शिक्षा क्षेत्रको विकास सम्भब छ”
नगरप्रमुख महर्जनले सरकारी विद्यालयहरुले गेटबाटै स्कुलको सुधार गर्नुपर्ने बताँउदै शिक्षा क्षेत्र भित्र रहेको राजनीति र अस्वस्थ प्रतिष्पर्धालाई चिर्नुपर्ने बताउनुभयो ।
तारकेश्वरलाई देशकै शैक्षिक हवको रुपमा विकास गर्न चाहेको बताँउदै नगरप्रमुख महर्जनले त्यसका निम्ती तारकेश्वरका विद्यालयहरुको शिक्षामा गुणात्मक विकासको जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “म तारकेश्वरको विकास गर्दछु भनेर आएको व्यक्ति हुं, म दैनिक ६ घण्टा सुतेर बाँकी समय नगरकै विकासमा लागि परेको छु, मैले नगरपालिकाबाट पाउने सेवा सुविधा समेत सामाजिक काममा खर्च गदै आइरहेको छु, तपाँईहरु त तलब लिनुहुन्छ, सेवा सुविधा लिइरहनु भएको छ तपाँईले लिने तलब र सेवा सुविधाको अनुपातमा १० प्रतिशत समय शिक्षाको हितमा सोचिदिनुहोस नगरको शिक्षाको विकास त्यतीकै हुनेछ”

May be an image of 6 people, clarinet, flute, violin, speaker and text
नगरप्रमुम महर्जनले सामुदायीक विद्यालयमा शैक्षिक जनशक्ति व्यवस्थापन गर्न अघिल्लो आर्थिक बर्षको दुईवटा दरबन्दीलाई निरन्तरता दिंदै यस बर्ष थप १२ वटा सहित १४ नगर अनुदान दरबन्दी बितरण गरि विद्यालयमा शैक्षिक जनशक्ति व्यवस्थापन गरिएको बताउनुभयो ।
तारकेश्वर नगरपालिकाका विद्यालयहरुमा गत आर्थिक बर्षमा पहिलो पटक ८ कक्षाको परिक्षालाई एसईई मोडलमा सञ्चालन गरेको बताँउदै सो परिक्षामा सहभागी भएका संस्थागत र सामुदायीक गरी ७४ विद्यालय मध्य पृथ्वी नारायण माविले उत्कृष्ट नतिजा हाँसील गरेको बताउनुभयो । नगरप्रमुख महर्जनले नगरपालिका भित्रका विद्यालयहरुमा उत्कृष्ट अंक ल्याउने शिषयगत शिक्षकहरुलाई आगामी बर्ष पुरस्कृत गरिने बताँउदै मेहनत गरेर काम गर्न आग्रह गर्नुभयो ।

May be an image of 10 people
सामुदायीक विद्यालयहरुको शैक्षिक सहित भौतिक सुधारका लागि अधुरा भबनहरुको छाना छाउने, वाल तथा पर्खाल लगाउने कामहरु भइरहेको बताँउदै नगरप्रमुख महर्जनले जितपुर मा.वि लाई बस खरिदका लागि नगद अनुदान दिइएको बताउनुभयो । नगरप्रमुख महर्जनले यहि बर्ष देखि सबै सामुदायीक विद्यालयहरुमा अध्ययनरत छात्राहरुका लागि सेनीटरी प्याड सहितको मेसीन जडान गरिने बताउनुभयो ।

May be an image of 5 people, hospital, temple and text
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उप प्रमुख सृजना बुर्लाकोटी अर्यालले निजी विद्यालयहरुको तुलनामा सरकारी विद्यालयमा शिक्षक बस्ने कोठा र कार्यालयहरु दयनीय रहेको बताँउदै त्यसलाई सुधार गर्न नगरपालिकाबाट बजेट माग गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “सामुदायिक विद्यालयका शिक्षकहरुले आफु बस्ने ठाँउ, कार्यगर्ने ठाँउ प्रफेक्ट भएन भने काम गर्ने त्यती जोस जाँगरपनि आँउदैन, त्यसैले सबै भन्दा पहिला तपाँईहरु बस्ने ठाँउ प्रफेक्ट बनाउनुहोस । आफ्नो स्कुललाई चिटिक्क बनाउनुहोस, यदि पैसा छैन भने नगरपालिकासंग माग गर्नुहोस हामी व्यवस्था गर्नेछौं ”
सरकारी विद्यालयका प्रधानाध्यापकहरु समयमानै स्कुल नपुग्ने गरेको गुनासो आउने गरेको बताँउदै नगर उपप्रमुख बुर्लाकोटीले कम्तीमा कार्यालय समय भन्दा आधा घण्टा अगाडी अफिस पुग्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “शिक्षकहरुलाई लिडिङ गर्ने तपाँई प्रअहरु कम्तीमा पनि आधा घण्टा अघि कार्यालय पुग्नुहोस नत्र कसरी अरुलाई मनिटरीङ गर्नुहुन्छ ? आफु समयमा नपुग्ने अनि बच्चालाई समयमा आउन भन्ने नैतिकता पनि तपाँईहरुलाई रहला र ?”
शिक्षामा लगानी गरेको ८ करोडले देखिने काम के भयो ? देखिने प्रगति के भयो ? हामीलाई पनि जनताले प्रश्न गर्न थालेका छन् उपप्रमुख बुर्लाकोटले भन्नुभयो “नगरपालिकाले शिक्षामा गरेको लगानीको उपलव्धीहरु अव तपाँईहरुले देखाउने समय आएको छ ”

कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरेले आफ्नो शैक्षिक गुणस्तर राख्नको लागि शिक्षक आफैले सिक्न र सिकाउनको लागि अहिलेको आईसीटी एजुकेशनमा लाग्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “सेल्फ मोटीभेसन भएन भने अरुले भनेको भरमा कसैले लादेको भरमा शिक्षा प्राप्त गर्न पनि सकिदैन् । शिक्षा बाँडन पनि सकिदैन् त्यसैले आफै सेल्फ मोटीभेटेड भएर सिक्न र सिकाउन तत्पर हुनुहोस ”
तारकेश्वर नगर शिक्षा शाखा प्रमुख पदम बहादुर खत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा तारकेश्वर नगरपालिका प्रवक्त एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खडगी, तारकेश्वर नगर शिक्षा समितिका सदस्य एवं वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, वडा नं १ का अध्यक्ष बिदुर सापकोटा, वडा नं ५ का अध्यक्ष सम्भु फुंयाल, तारकेश्वर नगरशिक्षा समितिका सदस्य राजेन्द्र प्रसाद तिमिल्सीना, तारकेश्वर नगरपालिकाको कार्यपालीका सदस्य अञ्जु बस्नेत, तारकेश्वर नगर प्याव्सनका अध्यक्ष धन बहादुर पुन लगायत सामुदायीक विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु सहितको उपस्थीति रहेको थियो ।
यस्तो छ शैक्षिक क्यालेन्डर
नगरपालिकाले सार्वजनीक गरेको शैक्षिक क्यालेन्डर अनुसार यस बर्ष तारकेश्वर नगरपालिका अन्तर्गतका विद्यालयहरुमा २८२ दिन पठनपाठन हुने छन् । दशैं, तिहार, बिभिन्न पर्व र दिवसका विदाहरु, शनिबार सहितका अनिवार्य बिदाका ८३ दिन विद्यालय बन्द रहने छन । दशै र तिहार जस्ता पर्व रहेको कार्तिक महिनामा नगरपालिका अन्तर्गत रहेका संस्थागत र सामुदायिक विद्यालयहरुको प्रशासन भने खुला हुने उल्लेख छ । जस अनुसार सो समयमा विद्यालयहरुको भबन निर्माण गर्ने तथा विद्यालयमा रंगरोगन र सरसफाई जस्ता क्रियाकलापहरु सञ्चालन हुने छन् ।
तारकेश्वर नगरपालिकाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य सहित नगरप्रमुख कृष्ण हरि महर्जनले गतबर्ष देखि सुरु गर्नुभएको पहिलो मेयर रनिङशिल्ड खेलकुद प्रतियोगिताको महत्वपुर्ण उपलव्धी हाँसील गरेसंगै यस बर्ष दोश्रो मेयर रनिङशिल्ड खेलकुद प्रतियोगिता माघको दोश्रो हप्ता देखि हुनेछ । प्रतियोगितामा तारकेश्वर नगरपालिका भित्रका संस्थागत, सामुदायीक लगायतका विद्यालयका २१ सय बढी खेलाडी विद्यार्थीहरु प्रतियोगितामा सहभागी हुने छन् । गत बर्ष मेयर रनिङशिल्ड खेलकुद प्रतियोगितामा पदक बिजेता खेलाडीहरुले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा तारकेश्वर नगरपालिकालाई रजत पदक दिलाएका थिए । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको बषौं सम्म पनि तारकेश्वर नगरपालिकाको प्रतियोगितामा सहभागीता रहेको थिएन् ।
तारकेश्वर नगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार तारकेश्वरका विद्यालयहरुमा प्रथम त्रैमासीक परिक्षा असार २४ गते देखि ३१ गते सम्म, दोश्रो त्रैमासिक परिक्षा असोज १९ देखि २६ गते सम्म, तेश्रो त्रैमासीक परिक्षा पुस १८ गते देखि २५ गते सम्म हुने छ भने बार्षिक परीक्षा चैतको दोश्रो हप्ता हुने छ । तारकेश्वरका विद्यालयहरुमा गर्मी बिदा साउन १ गते देखि १२ गते सम्म र जाडो बिदा पुस २६ देखि माघ १४ सम्म हुनेछ । लोक संस्कृतिक नृत्य कार्यक्रम मंसिर १५ गते, कक्षा १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुको सहभागीता रहने चित्रकला मंसिर ३० गते हुनेछ ।
त्यस्तै माध्यामीक तहको हाजिरी जबाफ कार्यक्रम फागुन ७ गते र विज्ञान प्रदर्शनी फागुनको अन्तिम हप्ता हुने । विद्यालय समुदाय सम्बन्ध सुधार कार्यक्रम चैत्र २१ देखि ३० गते सम्म तथा शैक्षिक मेला चैत्रको अन्तिम हप्ता हुने उल्लेख छ ।

May be an image of 4 people and text

तारकेश्वरमा स्थानीय पाठ्यक्रम लागु
तारकेश्वर नगरपालिकाको शिक्षा समितिले तयार पारेको पाठ्यक्रमले पहिलो पटक संस्कृति भाषा र नेपाल भाषालाई विद्यालय तहमा मान्यता दिएको छ । संस्कृति भाषा अन्तर्गत स्वरबर्ण, व्यञ्जन बर्ण र यसको महत्व, यसको उत्पत्ती र यसको एतिहाँसीक महत्व बारेमा विद्यार्थीहरुले जानकारी पाउनेछन् भने नेपाल भाषाको बारेमा पनि जानकारी पाउने छन् । तारकेश्वर नगरशिक्षा समितिका सदस्य राजेन्द्र प्रसाद तिमिल्सीनाको संयोजकत्वमा बनेको समितिले तयारपारेको पाठ्यक्रम आगामी बर्षमा मातृभाषामा पठन पाठन गराउनको लागि यो पुर्व अभ्यास रहेको नगरशिक्षा समितिका सदस्य एवं स्थानीय पाठ्यक्रम निर्माणकर्ताका संयोजक तिमिल्सीनाले बताउनुभयो । ३ सदस्यीय पाठ्यक्रम निर्माणकर्ता समितिमा तिमिल्सीनाको संयोजकत्वमा शिक्षा शाखाका प्रमुख पदम बहादुर खत्री र शिक्षा अधिकृत शन्तोष खनाल रहनुभएको छ ।
नेपालका ७५३ स्थानीय निकायले स्थानीय पाठ्यक्रम तयार गर्ने अभ्यास गरे पनि तारकेश्वर नगरपालिकाले व्यवहारीक, बैज्ञानीक र ठुलो परिश्रम गरेर बिगतको कमि कम्जोरीलाई सच्याएर पाठ्यक्रम लागु गरेको तिमिल्सीनाले बताउनुभयो ।
स्थानिय पाठ्यक्रममा तारकेश्वर नगरपालिकाको परिचय, स्थानिय सामाजिक, संस्कृतिक मुल्यमान्यताहरु, तारकेश्वर नगरपालिका भित्र रहेका पुरातात्विक सम्पदा तथा पर्यटकीय क्षेत्रको पहिचान र संरक्षण, स्थानिय पेसा व्यवसाय र बजार, बाताबरण, स्वास्थ्य, मनोसामाजिक परामर्श, स्वास्थ्य, सरसफाई, विपद् व्यवस्थापन, फोहरमैला व्यवस्थापन, स्थानिय स्तरमा पाइने परम्परागत स्थानिय तथा अधुनिक प्रविधि जस्ता बिषयवस्तुहरुलाई समेटेर कक्षा १ देखि कक्षा ८ सम्मको लागि स्थानिय पाठ्यक्रम तयार गरिएको हो ।

May be an image of 6 people, people studying, hospital and text

May be an image of one or more people

May be an image of 2 people, temple and dais

May be an image of 8 people and dais

May be an image of 1 person, dais and hospital

gh

 

प्रतिक्रिया दिनुहोस्

Array