तारकेश्वर नगर शिक्षा समितिका सदस्य राजेन्द्र तिमिल्सीना सम्मानीत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ जेष्ठ २०८०, आईतवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनद्धारा तारकेश्वर नगरशिक्षा समितिका सदस्य राजेन्द्र प्रसाद तिमिल्सीना सम्मानीत हुनुभएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ४ फुलबारी स्थीत पुरानो गुह्ेश्वरी माध्यामीक विद्यालयमा आयोजीत कार्यक्रममा नगरप्रमुख महर्जनद्धारा उहाँ सम्मानीत हुनुभएको हो । उक्त विद्यालयमा लामो समय अध्यापन गराएर निबृत्त हुनुभएका तिमिल्सीना सहित सरुवा र निबृत्त हुनुभएका ७ जना पुर्व शिक्षकहरुलाई विद्यालयले सम्मान गरेको हो । सम्मानीत हुनुहुने अन्य शिक्षकहरुमा हरिकृष्ण न्यौपाने, नवराज पाण्डे, लोचन कुमार भट्टराई, शोभा पाण्डे र रामकृष्ण बोगटी रहनु भएको छ ।

May be an image of 2 people and text
पुर्व शिक्षकहरुलाई सम्मान गर्नुहुंदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले गुहेश्वरी माध्यामिक विद्यालयका विद्यार्थीहरुको अतिरिक्त कृयाकलाप उत्कृष्ट र नमुनायोग्य रहेको बताँउदै विद्यालयको शैक्षिक स्तर बृद्धिका लागि नगरपालिकाले हर प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो ।

May be an image of 7 people, flute and dais

May be an image of 4 people, speaker and textकार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले तारकेश्वर नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीलाई प्रमाणीत गर्न सामुदायीक विद्यालयहरुले शैक्षिक स्तरमा सुधार ल्याउनु जरुरी रहेको बताउनुभयो ।

May be an image of 3 people, dais and text
सम्मान ग्रहण पछि नगरशिक्षा समितिका सदस्य एवं विद्यालयबाट निबृत्त हुनुभएका पुर्व शिक्षक राजेन्द्र प्रसाद तिमिल्सीनाले विद्यालयबाट निबृत्त भएपनि नगरपालिका मार्फत शिक्षा क्षेत्रको विकास र विस्तारमानै लागि रहेको बताँउदै विद्यालयको उन्नती, विकास र शैक्षिक प्रगतीमा लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तिमिल्सीनाले पुरानो गुह्ेश्वरी माध्यामीक विद्यालय तारकेश्वरको सामुदायीक विद्यालयहरु मध्य सवै भन्दा कान्छो स्कुल रहेको बताँउदै एतिहाँसीक र धार्मीक महत्व बोकेको यस विद्यालयलाई प्रविधि मैत्री बनाउन तारकेश्वर नगरपालिकाले स्थापना गर्न लागेको आइसीटी ल्याब यसै विद्यालयमा स्थापना गरिनुपर्ने माग राख्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं ४ का अध्यक्ष नरेन्द्र दास श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा तारकेश्वर नगरपालिकाका उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरे, तारकेश्वर नरशिक्षा शाखाका प्रमुख पदम बहादुर खत्री, सहित विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, बिभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी र अविभावकहरुको उपस्थीति रहेको थियो ।

May be an image of temple and text that says '२०५8 फुलवारी श्री पुरानो गुहेश्वरी माध्यमिक विद्यालय तारकेश्वर-8, फूलबारी, काठमाण्डौं स्थापित: २०५8 सम्मान पत्र तिमिल्सिना तारकेश्वर नगरपालिका-६, धर्मस्थली, नगरपालिकामा अवस्थित परानो गुहेश्वरी माध्यमिक विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन मिति २०७९ जेष्ठ सम्म निरन्तर सेवारत समितिमा सदस्यका मिति २०६० योगदानको उच्च मूल्याडून गर्दे तपाईलाई यो सम्मान पत्र रही विद्यालयको उन्नयनमा पुऱ्याउन भएको प्रदान गरिएको छ यहॉको सेवा निवृत्त जीवन सुखमय रहोस्! होमनाथ अंगाई प्रधानाध्यापक नरेन्द्र अध्यक्ष ता.न.पा-8 वि.व्य. अध्यक्ष डा.कृष्णबहादुर धिमिरे अतिथि ता.न.पा. बुलाकोटी उपप्रमुख ता.न.पा. ता.न.पा.'

May be an image of 9 people, temple and text

May be an image of 9 people and wedding

May be an image of 4 people, temple and text

May be an image of 1 person

df

प्रतिक्रिया दिनुहोस्

Array