फुटुङमा बषौं देखिको खानेपानीको अभाब अन्त्य, नगरप्रमुख महर्जनद्धारा बृहद्ध फुटुङ खानेपानी आयोजनाको उदघाटन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ जेष्ठ २०८०, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । लामो समय देखि खानेपानीको अभाव खेप्दै आएका तारकेश्वर नगरपालिका वडा नं ७ फुटुङबासीहरुले अब यो समस्याबाट छुटकारा पाउने भएका छन् ।
तारकेश्वर नगरपालिका र बाग्मती प्रदेश सरकारको लगानीमा वडा नं ७ फुटुङमा निर्माण भएको बृहद्ध फुटुङ खानेपानी आयोजना मार्फत पानी उत्पादन र प्रशोधन सुरु भएको छ । करिब १ करोड ५० लाख खर्च भइसकेको यो आयोजनाको तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले हिजो उदघाटन गर्नुभएको हो । आयोजनाले दैनिक २ लाख २० हजार लिटर भन्दा बढी पानी उत्पादन गर्ने छ । बर्षाको समयमा खानेपानीको समस्या नभएपनि बिगत लामो समय देखि फुटुङबासीले ६ महिना खानेपानीको अभाव खेप्दै आइरहेका थिए । आयोजना मार्फत उत्पादन भएको खानेपानी हप्तामा ४ दिन बितरण गर्ने लक्ष्य रहेको वडा अध्यक्ष सानुकाजी खत्रीले बताउनुभयो ।
खानेपानीको उत्पादन सुरुभएपनि भौतिक संरचना लगायतका पुर्वाधारको काम भने अझै पुरा गर्न बाँकी रहेको छ । आयोजनाका लागि २ लाख २० हजार लिटरको पानी टेंकी निर्माण भएको छ भने प्रोसेस डिङकीङ वाटर प्लान्ट प्रविधि मार्फत पानी प्रशोधन गरेर बितरण गरिने छ । आयोजना मार्फत उत्पादीत पानी केयुकेयलको १६ इन्चको टंकलाइनमा जोडिने छ । पानी उत्पादन सुरु भएसंगै फुटुङका करिब २ हजार घरधुरी लाभान्वीत हुने छन् ।
खानेपानी आयोजनाको उदघाटन गर्नुहुंदै नगरप्रमुख कृष्ण हरि महर्जनले आयोजनाले पानी उत्पादन गरेसंगै लामो समय देखि फुटुङबासीले भोग्दै आएको पानीको अभाबको अन्त्य हुने बताउनुभयो ।
तारकेश्वर नगरपालिकाका २०७९ जेष्ठ ६ गते पदबहाली गरिरहंदा पहिलो एजेण्डाको रुपमा खानेपानीलाई राखेर काम गरिरहेको बताँउदै नगरप्रमुख महर्जनले तारकेश्वर नगरवासीहरुलाई मुहानकै पानी खुवाउने पुर्वतयारीका लागि डिपीआरको काम भइरहेको बताउनुभयो ।
तारकेश्वर नगरपालिका वडा नं ७ का अध्यक्ष सानुकाजी खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरे, काठमाण्डौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, वडा नं ७ का वडा सदस्य रघुनाथ ढकाल सहित बिभिन्न पार्टीका प्रतिनिधिहरु, स्थानीयवासी र जनप्रतिनिधिहरु लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रमको सञ्चालन तारकेश्वर नगरपालिका वडा नं ७ का सचिब हरिकृष्ण अर्यालले गर्नुभएको थियो ।

May be an image of 11 people

May be an image of 2 people

May be an image of 7 people and street

May be an image of 7 people

May be an image of 7 people

fg

May be an image of 3 people

May be an image of 7 people, harp and violin

May be an image of 5 people

May be an image of 11 people

df

प्रतिक्रिया दिनुहोस्