राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ ,  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता नहुने बताउनुभएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले सरकारले राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता नगर्ने बताउनुभएको हो । “राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा सरकार दृढ रहेको छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री श्रेष्ठले कतिपय मुद्दामा सरकारले भारतसँग कूटनीतिक माध्यमबाट छलफल गरिरहेको स्पष्ट पार्नुभयो ।

राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले भारतमा गत आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सामा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रियताविरुद्ध नेपालको भूभाग समेटेकोप्रति ध्यानाकर्षण गराएको थियो ।

सङ्गठनले भारतले सीमा अतिक्रमण गरेको, सीमावर्ती क्षेत्रमा आपाराधिक क्रियाकलाप गरेको भए पनि सरकारले कुनै चासो नदिएको भन्दै सरकारकाले ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्