वन्यजन्तुसम्बन्धी कसुरमा दुई जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

चितवन, चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा रहेका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चेपाङलाई यही जेठ १३ गते सौराहाबाट र प्रजालाई जेठ १४ गते घरबाटै पक्राउ गरिएको हो । वन्यजन्तु चोरी सिकार गर्न लागेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रजाको घरबाट दुई थान भरुवा बन्दुकसमेत बरामद गरिएको तिवारीले जानकारी दिनुभयो । हातहतियार खरखजनासम्बन्धी मुद्दाका लागि हतियार जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाइएको छ । वन्यजन्तुसम्बन्धी कसुरमा निकुञ्ज कार्यालयले अनुसन्धान थालेको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array