राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा राससको तस्बिर प्रदर्शनी अवलोकन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa
काठमाडौँ,

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालय भद्रकालीमा जारी संस्कृति र सम्पदासम्बन्धी तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले उक्त तस्बिर रुचिपूर्वक अवलोकन गर्नुका साथै रासस केन्द्रीय कार्यालयको निरीक्षणसमेत गर्नुभएको थियो । अध्यक्ष तिमिल्सना रासस परिसर आउँदा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राईसहित विभागीय प्रमुखले स्वागत गर्नुभएको थियो ।

अध्यक्ष तिमिल्सिनाले राससको समाचार सङ्कलन कक्ष, नेपाली, अङ्गे्रजी र अन्तर्राष्ट्रिय समाचार सम्पादन कक्ष, फोटो सम्पादन कक्ष र श्रव्यदृष्य स्टुडियोको निरीक्षण गर्नुभयो ।

राससका कार्यकारी अध्यक्ष झाले राससले संसदीय मामिलाका समाचार सामग्रीलाई नियमितरुपमा प्राथमिकता दिने गरेको उल्लेख गर्दै सङ्घीय संसद् सचिवालय र राससको सहकार्य अभिवृद्धि गर्न आग्रह गर्नुभयो । साथै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले सो सम्बन्धमा सचिवालयसँग आवश्यक परामर्श गर्ने विश्वास दिलाउनुभयो ।

अध्यक्ष तिमिल्सिनालाई राससका प्रधानससम्पादक एकराज पाठक, प्रमुख समाचारदाता उत्तम सिलवालले राससको समाचार उत्पादन, सम्पादन र सम्प्रेषणका प्रक्रियाबारे अवगत गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array