उत्कृष्ट नतिजा ल्याउने तारकेश्वरका सामुदायिक विद्यालयलाई नगरपालिकाले स्कुल बस उपलव्ध गराउने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ जेष्ठ २०८०, शुक्रबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले उत्कृष्ट नतिजा ल्याउने तारकेश्वरका समुदायिक विद्यालयहरुलाई नगरपालिकाले प्रोत्साहन स्वरुप स्कुल बस उपलव्ध गराउने बताउनु भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ७ फुटुङ स्थीत फुटुङ माध्यामिक विद्यालयको सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रममा बोल्नुहुंदै नगरप्रमुख महर्जनले तारकेश्वर नगरपालिकाले अब ल्याउने बजेट, नीति तथा कार्यक्रममा उक्त कार्यक्रम समावेश हुने बताउनुभयो ।
शिक्षामा भिन्नता हुनुहुन्न,तारकेश्वरका संस्थागत विद्यालयहरुमा बस गुडदै गर्दामा अब सामुदायिक विद्यालयहरुमा पनि बस गुडनु पर्दछ, नगरप्रमुख महर्जनले भन्नुभयो “सामुदायिक विद्यालयहरुमा पहिलो, दोश्रो र तेश्रो स्थानको नतिजा ल्याउने विद्यालयहरुलाई स्कुल बसको व्यवस्था गर्ने गरी हामीले नीति तथा कार्यक्रम ल्याँउदै छौं”
नगरप्रमुख महर्जनले अबको बजेटमा तारकेश्वर नगरपालिकाका अन्य क्षेत्रको बजेट कटौती भएपनि शिक्षा क्षेत्रको बजेट कटौटि नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शिक्षामा परिवर्तन ल्याउनु पर्दछ भनेर मानसपटलमा नपरे सम्म शिक्षामा जति लगानी गरेपनि लगानीको प्रतिफल दिन नसक्ने बताँउदै नगरप्रमुख महर्जनले न्युन पारिश्रमीक लिएर पनि संस्थागत विद्यालयहरुका शिक्षकहले गुणस्तरीय शिक्षा दिन सक्ने तर सरकारी विद्यालयको शैक्षिक स्थीति खस्कनु दुखद रहेको बताउनुभयो ।
संस्थागत विद्यालय जस्तै सामुदायिक विद्यालयमा पनि गेटबाटै विद्यार्थीहरुको पोशाक र सफासुग्गर लगायत चेक गरेर मात्र प्रवेश गर्ने व्यवस्था गरिनुपर्ने बताँउदै नगरप्रमुख महर्जनले भन्नुभयो विद्यालयमा प्रवेश गदै जो गरिबी छ, जो अति बिपन्न छ र लुगाफाटो समेत किन्न सक्दैनन्, उनिहरुको तथ्यांक लिनुहोस सके मेरो व्यक्तिगत, नसके कुनै दातृनिकायमा मार्फत डोनेसन ल्याएर वा नगरपालिकाले लुगा किनिदिने छ”

May be an image of 7 people, temple, dais and text

May be an image of 1 person, dais, temple and text
तारकेश्वर नगर शिक्षा समितिका सदस्य राजेन्द्र प्रसाद तिमिल्सीनाले इसिए कार्यक्रम मार्फत विद्यार्थीहरुको क्षमतालाई प्रस्फुटन गराउन सहयोग पुग्ने बताँउदै विद्यालयहरुले समय समयमा यस्ता कार्यक्रमहरु गरिरहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरशिक्षा समितिका प्रमुख पदमबहादुर खत्री, विद्यालय व्यवस्थापन समिति सदस्य एवं वडा प्रतिनिधि अप्सरा खडका, वडा सदस्य रघुनाथ ढकाल, विद्यालय व्यवस्थापन समितिका सदस्य डा. रबिन्द्र आचार्य लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रमा उपस्थीत हुनुभएका प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरु सहित सहभागीहरुलाई विद्यालयका सहायक प्रधानाध्यापक हरिकृष्ण केसीले स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो ।

May be an image of 5 people, dais and textMay be an image of 2 people, temple, dais and text

May be an image of 2 people, dais, temple and text

कार्यक्रममा विद्यालयमा २० बर्ष भन्दा बढी सेवा गर्नुहुने शिक्षकहरु गणेश नेपाल, राधा देवकोटा, मन्दीरा घिमिरे, राजीब कार्की, हरीकृष्ण खत्री र उर्मिला घिमिरेलाई नगर प्रमुख कृष्ण हरि महर्जनले सम्मान गर्नुभयो ।
फुटुङ माध्यामिक विद्यालय डिप्लोमा लेभलको सिभिल इन्जीनियरीङ र जियोमेट्रीक सम्बन्धी प्राविधिक पढाइ हुने तारकेश्वर नगरपालिकाको एक मात्र समुदायिक विद्यालय हो । २०७५ सालमा सिटिभिटीबाट मान्यता प्राप्त भएको यस विद्यालयमा यस बर्ष मात्र २५० विद्यार्थीहरुले प्राविधिक शिक्षा अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक भगीरथ उपाध्ययाले बताउनुभयो ।

May be an image of 8 people and text

May be an image of 11 people

May be an image of 5 people and text

May be an image of 4 people, child and text

May be an image of 5 people, temple and text

May be an image of 5 people, dais and text

df

प्रतिक्रिया दिनुहोस्

Array