न्यायीक पहुंच सम्बन्धी विद्यालय स्तरीय कार्यक्रम गरेर तारकेश्वर अगुवा नगरपालिका बनेको छ : न्यायधीश कुंवर

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ जेष्ठ २०८०, सोमबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको न्यायिक समितिको आयोजनामा नगरपालिकाका समुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी तथा महिला शिक्षिकाहरुलाई न्यायिक पहुँच सम्बन्धी विद्यालय स्तरीय कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of 4 people, dais and text

May be an image of 9 people, dais and text
टुसालमा आयोजना गरिएको कार्यक्रममा तारकेश्वर नगरपालिकाका १५ वटा सामुदायिक विद्यालयहरुबाट माध्यामिक तहका १ जना शिक्षिका सहित एक जना छात्रा र एक जना छात्र गरि ४५ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई उच्च अदालतका न्यायाधीश टेक नारायण कुँवर, काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. रमेश रिजाल र राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालको निर्देशक पारस पौडेल न्यायिक पहुँच सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

May be an image of 3 people, dais and text

May be an image of 5 people, suit and daisकार्यक्रमको उदघाटन गर्नुहुंदै उच्च अदालतका न्यायाधीश टेक नारायण कुँवरले बालबालीकाहरु जान अनजानमा बिभिन्न अपराधको सिकार भइरहेको बताँउदै त्यस्ता अपराधहरुबाट जोगाउन र समस्यामा परेकाहरुलाई कानुनी उपचार खोज्न न्यायीक शिक्षा दिनुपर्ने बताउनुभयो ।
न्यायीक शिक्षा सम्बन्धी अदालतको पनि पञ्चबर्षीय योजनाहरु रहेको बताँउदै न्यायधीश कुंवरले यस कार्यक्रमले अदालतको योजनालाई सहयोग पुगेको बताउनुभयो ।
विद्यार्थीहरुका लागि उपयोगी कार्यक्रम भएपनि अरु कुनै स्थानीय निकायबाट यस्ता कार्यक्रम आयोजना भएको आफ्नो जानकारीमा नभएको बताँउदै न्यायधीश कुंवरले महत्वपुर्ण कार्यक्रम आयोजना गरेर तारकेश्वर अगुवा नगरपालिका भएको बताउनुभयो ।

May be an image of 2 people, dais and text
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख तथा न्यायीक समितिका संयोजक सृजना बुर्लाकोटी अर्यालले विद्यालय स्तरमानै कानुनी सचेतना फैलाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कानुनी सचेतनाको अभाबमा विद्यार्थीहरु बिभिन्न झै झमेलाहरुमा फस्ने गरेको बताँउदै नगर उपप्रमुख अर्यालले भन्नुभयो “कानुन के हो, कानुनको दायरा के हो ? कानुन उल्लंघ हुंदा कस्तो सजाँय हुन्छ भन्ने बारेमा विद्यार्थीहरुलाई जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो,”
उहाँले कार्यक्रममा सहभागीहरुलाई नेपालको संविधान तथा कानुनी व्यवस्थाको अध्ययन, मानवअधिकार सम्बन्धी आधारभुत कानुनी जानकारी, बालबालीकाको अधिकार र कानुन, स्थानीय न्यायीक समितिको काम कारबाही र पद्धतीको बारेमा जानकारी पाउने बताउनुभयो ।

May be an image of 5 people, dais and text

कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरेले कानुनका बारेमा विद्यार्थीहरु सचेत भएमा सिंगो समुदायलाई सचेत गराउन सहयोग पुग्ने बताँउदै न्यायिक पहुँच सम्बन्धी विद्यालय स्तरीय कार्यक्रमलाई आगामी दिनमा बृहद्ध रुपमा लगिने बताउनुभयो ।
इन्टरनेटको प्रयोगले समाजमा गलत कुराहरु भित्रने क्रम बढेको बताँउदै डा. घिमिरेले इन्टरनेटको गलत प्रयोगका कारण हुन सक्ने जोखिम र त्यसबाट बच्नका लागि समेत कार्यक्रम उपयोगि हुने बताउनुभयो ।

कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, वडा अध्यक्ष श्याम कृष्ण सापकोटा, तारकेश्वर नगरशिक्षा समितिका सदस्य राजेन्द्र प्रसाद तिमिल्सीना र हरिकृष्ण अर्याल, नगर शिक्षा शाखाका प्रमुख पदमबहादुर खत्री , न्यायीक समितिका सदस्य एवं वडा नं ९ का वडा सदस्य उज्जवल अधिकारी, तारकेश्वर प्याव्सनका अध्यक्ष धनबहादुर पुन, तारकेश्वर नगरपालिका कानुन शाखा प्रमुख तिर्थराज थापामगर लगायतको उपस्थीति रहेको थियो । कार्यक्रमको सञ्चालन न्यायीक समितिकी न्यायीक सहजकर्ता बिष्णु महतले गर्नुभएको थियो ।

May be an image of 3 people, dais and text that says '9 सम्बन्धी कार्यक्रम मानव अधिकार तथा जान्नै पर्ने सामान्य कानूनहरु 1'

May be an image of 5 people, dais and text that says 'गहुव सम्वन्धी रीय कार्यक्रम 0το नेपालको संवैधानिक तथा कानूनी'May be an image of 17 people, people studying, table, dais and text

May be an image of text

May be an image of 8 people, table, dais and text

May be an image of 10 people, people studying, dais and text

df

प्रतिक्रिया दिनुहोस्

Array