हामी तारकेश्वरको विकासमा लागेका छौ,कहिलेकाहि चामलमा बिया पर्नु स्वभाविकनै हो म केलाउने तरखरमा छु : नगरप्रमुख महर्जन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ जेष्ठ २०८०, शनिबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका प्रमुख कृष्ण हरि महर्जनले आफुले कुनै व्यक्ति विशेषको स्वार्थमा काम गर्न नसकेपनि नगरको विकासका लागि जनताले दिएको मतलाई कदापि धोका नदिने बताउनुभएको छ ।
फेसबुकमा स्टाटस लेख्दै नगरप्रमुख महर्जन भन्नुहुन्छ “म लगायत हामी सकेसम्म राम्रो गर्ने कोसिसमा छौ, कहिलेकाहि चामलमा बिया पर्नु स्वभाविक नै हो म केलाउने तरखरमा छु । हामीले नगरवासिलाई दिएको वाचा पनि भुलेको छैनौ”
स्थानिय निकायमा कुनै प्रतिपक्ष नहुने र तारकेश्वरका जनप्रतिनिधिमा कुनै बेमेल समेत नरहेको बताँउदै नगरप्रमुख महर्जनल सबै मिलेर नगर बनाउने बताउनुभयो ।
उहाँ लेख्नुहुन्छ मैले भिख मागेर लिएको मत, गुरु दक्षिणा लिएको मत,साथी भाई संग बिस्वासले लिएको मत, चिरपरिचित महानुभावले आशाले दिएको मत र नगर बिकासको लागि दिएको मतलाई कदापि धोका दिने म छैन सो भन्दै गर्दा मैले विशेषको काम गर्न नसकेको हुन सक्छ तर म आलाकाचा पनि छुईन केवल हजुरहरुको स्वतन्त्र दृश्टिकोण मात्र हो।
यस्तो छ नगरप्रमुखको फेसबुक स्टाटस
नगरवासिमा नमन
तारकेश्वर नगरपालिका ,काठमाण्डौ
विगत र आजको बिकासमा अझै अपुर्ण छ किनकि भुगोल पनि त्यस्तै नै छ । म लगायत हामी जनप्रतिनिधीलाई थाहा छ स्वभाविक नै हो र जहाँसम्म छ त्यो सहि छ हिजो सम्ममा जो कोही वडाका जिम्मेवार ब्यक्तिले सामाजिक सञ्जालमा आफ्नो मनोभावना प्रकट गर्न सकेको थिएन तर म आज खुसी छु कमसेकम धेरै बिकास गर्ने क्रममा अझ थप बजेट नपुगेको महशुस गरेको छु र आगामी दिनमा अझ राय सुझावले राम्रो गर्ने कोसिस गर्ने छु । मैले भिख मागेर लिएको मत, गुरु दक्षिणा लिएको मत,साथी भाई संग बिस्वासले लिएको मत, चिरपरिचित महानुभावले आशाले दिएको मत र नगर बिकासको लागि दिएको मतलाई कदापि धोका दिने म छैन सो भन्दै गर्दा मैले विशेषको काम गर्न नसकेको हुन सक्छ तर म आलाकाचा पनि छुईन केवल हजुरहरुको स्वतन्त्र दृश्टिकोण मात्र हो। म लगायत हामी सकेसम्म राम्रो नै गर्ने कोसिसमा छौ कहिलेकाहि चामलमा बिया पर्नु स्वभाविक नै हो म केलाउने तरफरमा छु । हामीले नगरवासिलाई दिएको वाचा पनि भुलेको छैनौ । त्यसमा नगरवासि सम्पुर्णको साथ चाहिन्छ । यहाँ मैले देख्छु र कहिलेकाहीँ कलियुग लागेको महसुस गर्छु । उल्टो काममा पुरस्कार र सुल्टो काममा दण्ड यो समय अनुसार स्वभाविक नै हो । तर मैले सिकेको र मेरो पुर्वजले भनेका कुरा याद आँउछ सके राम्रो गर्नु नसके नराम्रो नगर्नु।बदला होइन बदलेर देखाउनु । तर पनि हामी जनप्रतिनधिमा बेमेल छैनौ हामी मिलेर नगर बनाउछौ र स्थानिय तहमा कुनै प्रतिपक्ष हुदैन । हुन सक्छ कतिपय स्वार्थ र नगरबेहित समाचार सम्प्रेषकको लागि मसला हुन सक्छ तर पनि यसले कुनै तुक राख्ने छैन साथै सम्पुर्ण तारकेश्वर नगरवासिले बुझिसक्नु भैसकेको छ र समय यस्तो पनि छ जसले गल्ती गर्छ उ भाग्न पनि तयार हुनुपर्छ अन्यथा नगर विकास हुने छैन। जय तारकेश्वर नगरवासि,जय तारकेश्वर नगर, जय नेपाल!!!

प्रतिक्रिया दिनुहोस्

Array