नेपाली काँग्रेस तारकेश्वरको नगर सम्मेलन तथा क्रियाशील भेला भव्यताका साथ सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ जेष्ठ २०८०, आईतवार
7 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । नेपाली काँग्रेस तारकेश्वर नगरसमितिको नगर सम्मेलन तथा क्रियाशील भेला शनिबार सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ३ ठुलागाँउ स्थीत पिसफुल होटलमा संविधान सभा सदस्य, पुर्व रक्षामन्त्री भिमसेनदास प्रधानको प्रमुख आतिथ्यता तथा प्रदेश सभा सदस्य एवं काँग्रेस नेतृ हरि प्रभा खडगीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

May be an image of 7 people, dais, tree and text
कार्यक्रममा बोल्नुहुंदै पुर्व रक्षामन्त्री भिमसेनदास प्रधानले केन्द्र, प्रदेश र स्थानीय तिनै तहमा पहिलो पार्टी बनेको नेपाली काँग्रेसलाई २०८४ को निर्वाचनमा अझ बलियो बनाउनका लागि काँग्रेसका तर्फबाट निर्वाचीत भएका जनप्रतिनिधिहरुको ठुलो भुमिका रहने बताँउदै जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “सेवा लिन नगरपालिका वा वडामा पुग्ने सेवाग्राही नगरवासीहरुलाई नम्र व्यवहार गरेर एक कप कालोचिया मात्र भएपनि खुवाएर पठाउनुहोस, हिजो तपाँई हामीलाई निर्वाचनमा भोट हाल्ने र जिताउने भोटर्स पनि उनिहरुनै हुन् र भोलीका पनि उनिहरुनै हुन्”
नेता प्रधानमले पार्टीका नेता तथा जनप्रतिनिधिहरुको कामकारबाहीको बिषयमा कुनै बिमती भएमा चिया पसल र सामाजिक सञ्जालमा लेखेर नभई आपस छलफल मार्फत समाधान खोज्न आग्रह गर्नुभयो ।
बाग्मती प्रदेश सदस्य एवं काँग्रेस नेतृ हरीप्रभा खडगीले इतिहाँस भजाएर अब जनताले काँग्रेसलाई विश्वास नगर्ने बताँउदै अब नेता नसच्चीए सम्म काँग्रेसको हित नहुने बताउनुभयो ।
काँग्रेसलाई बलियो बनाउने हो भने नेताहरुले गरेका गलत कामहरुलाई औला ठडयाउन सक्नुपर्ने बताँउदै नेतृ अडगीले पार्टीलाई अझ सशक्त बनाउन देशव्यापी प्रशिक्षण चलाउनु पर्ने बताउनुभयो ।
भोट हाल्ने मतदाता पुरुषहरु बिदेश पलायन हुने क्रम झनै बढेको बताँउदै नेतृ खडगीले तारकेश्वर नगरपालिकाले महिलाहरुलाई लक्षीत गरेर बजेट ल्याउन आग्रह गर्नुभयो ।

May be an image of 1 person, dais, tree and text
कार्यक्रममा नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खडगीले देशका लागि काँग्रेसले गरेका धेरै उपलव्धीमुलक कामहरुको बारेमा जनता सम्म पुर्याउन नसक्दा फेसबुक र टिकटकमा बोल्नेहरुले चुनाव जित्ने परिस्थीति खडा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो “काँग्रेसले यो देशको हितका निम्ती धेरै महत्वपुर्ण कामहरु गरेको छ तर हामीले त्यो कामहरुको बारेमा जनता सम्म लैजान सकेनौं जस्का कारण आज टिभिमा बोलेर जनतालाई सपना देखाउने रबि लामिछानेहरुको उदय हुने स्थीति बन्यो, इतिहाँसबाट पाठ सिकेर अव काँग्रेसले नयाँ सिराबाट अगाडी बढनुपर्दछ”

May be an image of 1 person, dais and text that says 'नेपाली कांग्रेस नगर कार्यसमिति तारकेश्वर नगरपालिका, काठमाण्डौं'
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश ख का सभापति बिष्णु भक्त तिमिल्सीनाले पार्टीकै जिम्मेवार व्यक्तिहरुले सार्वजनीक स्थलबाट एकले अर्कालाई होच्याउने, खुइल्याउने काम भएमा संगठन झन कम्जोर हुने बताँउदै त्यस तर्फ गम्भीर भएर लाग्न आग्रह गर्नुभयो ।
कृयाशील बितरण र नविकरणलाई पारदर्शी गर्न नसकेमा काँग्रेस कम्जोर हुने बताँउदै कृयाशील सदस्य नविकरणका लागि सम्बन्धीत व्यक्तिनै वडा कार्यसमितिमा उपस्थीत गराएर नविकरण हुने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
तारकेश्वर नगरपालिकामा हिजो पाँच बर्षे कार्यकालमा नभएको कामहरु एक बर्षमानै भएको बताँउदै नेता तिमिल्सीनाले वडा र नगरपालिकाबाट भएका राम्रा कामहरुलाई काँग्रेसका क्रियाशील सदस्यहरुले टोलटोलमा लगेर जनतालाई सुसुचित गर्नुपर्ने बताउनुभयो ।

May be an image of 1 person, dais and text that says 'नेपाली कांग्रेस नगर कार्यसमिति तारकेश्वर नगरपालिका, काठमाण्डौं'
कार्यक्रममा नेपाली काँग्रेस तारकेश्वर नगरसमितिका सभापति एवं तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले तारकेश्वर नगरपालिकालाई नेपालका ७५३ पालिकाहरु मध्यमा उत्कृष्ट बनाउन लागिपरेको बताँउदै आफ्ना कारणले तारकेश्वरमा काँग्रेसले शिर झुकाउने कुनै गलत काम नहुने बताउनुभयो ।
तारकेश्वरमा काँग्रेस बलियो हुंदा हुंदै पनि संघ र प्रदेशमा काँग्रेसका उम्मेद्धवारलाई जिताउन नसक्नु दुखद रहेको बताँउदै काँग्रेसका उम्मेद्धवार हारीरहंदा वडा सम्म यसको गम्भीर समिक्षा हुनुपर्ने बताउनुभयो ।
पार्टी भित्रका असन्तुष्टीहरुलाई निर्वाचनको समयमा लगेर पोख्ने परिपाठीले काँग्रेसको हित नहनु बताँउदै सभापति महर्जनले भन्नुभयो “चुनाव आएपछि हामी अलि अलि टेढीन थाल्छौं, अलि अलि भाउ खोज्न थाल्छौं, बरु टेढीनु छ भने अहिलेनै टेढीऔं, माझीनु छ भने अहिले माझियौं, नेताहरुलाई जे भन्न मन छ भनौं चुनावको टाइममा टिकट पाउने साथीलाई सहयोग गरौं, त्यो टिकट मेरो हो, त्यो टिकटमा काँग्रेसको भाब झल्कीएको छ त्यो काँग्रेस पार्टीको टिकट हो भन्ने भाबनाको विकास गरौं तब मात्र पार्टी बलियो हुन्छ”
सभापति महर्जनले तारकेश्वर नगरपालिकामा नगरप्रमुखको रुपमा काम गरिरहंदा कहिले काँही पार्टी भित्रबाटै प्रतिपक्षको जस्तो व्यवहार पाउने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “म सकारात्मक सोच सकारात्म राख्ने व्यक्ति हो, तारकेश्वरमा विकास गर्ने क्रममा म अरु पार्टीहरुलाई पनि प्रतिपक्षको रुपमा होइन समकक्षीको रुपमा सोच्ने गर्दछु, तर सकारात्मक सोच्दा सोच्दै पनि कहिले काँही पार्टी भित्रै बाट प्रतिपक्ष दलको जस्तो व्यवहार पाउने गरेको छु दुख लाग्छ ।”
उहाँले भन्नुभयो “म बिग्रनु भनेको काँग्रेस बिग्रनु हो, तपाँईहरु बिग्रनु भनेको पनि काँग्रेस बिग्रनुनै हो । त्यसैले काँग्रेस नबिगार्नका लागि, काँग्रेस सपार्नका लागि कुनै कुरा छ, कुनै पनि व्यक्ति प्रति रिस छ, कुनै कुरा लेख्नु छ गर्नु छ भने अथवा म र मेरो कार्यशैली प्रति चित्त बुझेको छैन भने मलाई बोलाएर कोठा भित्र चुकुल लगाएर भन्नुस, म बाट कमी कम्जोरी भएको छ भने म स्वीकार गरे, सुधार गरेर अगाडी बढन तयार छु, काँग्रेसलाई बलियो बनाउन तपाँईको गालीसंगै चडकन खान पनि तयार छु । सामाजिक सञ्जालमा पार्टीकै जिम्मेवार व्यक्तिबाट जथाभावी लेखिंदै गर्दामा कस्को बेइजत हुन्छ ? पहिला हामी काँग्रेस हौं त्यस पछि जनप्रतिनिधि । चित्त नबुझेको कुरा छ भने मलाई आएर भन्नुस, सुधार गनुपर्ने कुरा छ भने सुधारौंला, नमिलेका कुरा छन भने आपसी छलफल गरेर मिलाँउला तर पार्टीलाईनै बदनाम गर्ने गरी सामाजिक सञ्जालमा लेखिन्छ भने म चुप लागेर बस्दीन ।”

May be an image of 2 people and text
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ७ की क्षेत्रीय सचिब एवं तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले पार्टी भित्र एकले अर्काको खुट्टा तान्ने प्रबृत्ति अन्त्य नभए सम्म काँग्रेस सृदुढ नहुने बताँउदै चित्त नबुझेका कुरा पार्टी भित्र र पार्टी पङती भित्र बसेर समाधान खोज्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “घर फुट्यो भने अरुले फाइदा लिन्छ । घर फुटाएर खरानी बनायो भने त्यसको फाइदा अरुले लिन्छ, त्यसैले आफ्नै घर जोगाउन तिर लागौं, आफ्नै घर समृद्ध बनाउन तिर लागौं जब घर हुन्छ तपाँई हामी बस्न पाँउछौ, हामी अटाउन पाँउछौं”
नेपाली काँग्रेस तारकेश्वरका नगर सभापति कृष्ण हरि महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले काँग्रेस बलियो बनाउन सबै लागि पर्नुपर्ने बताउनुभयो ।

May be an image of 3 people, dais and textनेपाली काँग्रेस तारकेश्वरका नगरसचिब शंकर तिमिल्सीनाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि तथा बागमती प्रदेश सदस्यहरु हरिहर अधिकारि, धर्मराज अर्याल,सविन तामाङ्ग, इन्द्रमान महर्जन, नेपाल मुस्लिम संघका बरिस्ठ उपाध्यक्ष तथा महाधिबेशन प्रतिनिधि मोहम्मद निजामुद्दिन, नेपाली काँग्रेस तारकेश्वरका वडा सभापतिहरु सहितको उपस्थीति रहेको थियो । नेपाली काँग्रेस तारकेश्वरका नगर अन्तगर्तत झण्डै २ हजार सक्रिय सदस्यहरु रहेका छन् ।

May be an image of 6 people and text that says 'राष्ट्रियता लोकतन्त्र समाजवाद नेपाली कांग्रेस नगर कार्यसमिति तारकेश्वर नगरपालिका, काठमाण्डौ मेलन कायाशिल नगर मित्रि गाट कार्यत्र आयोजक नेपाली कांग्रेस गर'

May be an image of 5 people, dais and text

May be an image of 3 people and people smiling

May be an image of 2 people

fg

May be an image of 6 people and picnic

aaMay be an image of lightingMay be an image of 4 people, people smiling and temple

प्रतिक्रिया दिनुहोस्

Array