कोशी प्रदेशसभाको बैठक जेठ ३१ मा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ जेष्ठ २०८०, सोमबार
0 Min Read
Aa

काठमाडौँ, कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गर्नुभएको थियो ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना जारी गरेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array