नेपाल ट्रेडयुनियन कांग्रेस वागमती प्रदेशको अध्यक्षमा भट्टराई

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३१ जेष्ठ २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौँ , नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेस वागमती प्रदेशको अध्यक्षमा गणेश भट्टराई निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा निकटतम प्रतिस्पर्धी लीलानाथ चौलागाईंलाई ११ मतले पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

भट्टराईले एकसय ९२ मत प्राप्त गर्दा चौलागाइँले एक सय ८१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रामकृष्ण लामिछानेले जानकारी दिनुभयो ।खुला उपाध्यक्षमा ओमप्रसाद शर्मा अधिकारीले १८४, कुमारप्रसाद पौडेलले १६९, महिला उपाध्यक्षमा शीला केसीले २०६, उपाध्यक्ष सेवा क्षेत्रमा तुलसी अधिकारी १७९, उपाध्यक्ष उत्पादनमा निमा लामाले १९४, उपाध्यक्ष अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा ख्यामराज तिवारीले १९५ मत ल्याई विजयी हुनुभयो ।

यसैगरी सचिवमा विश्वहरि घिमिरेले १९२, सहसचिव खुलामा रमेश घिमिरेले १८४, सहसचिव महिलामा तारा भण्डारीले१८७, सहसचिव सेवा क्षेत्रमा ऋषिराम गिरीले१८४, सहसचिव उत्पादनमा उदयबहादुर लामाले १८२, सहसचिव अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा अनिककुमार झाले १८१, कोषाध्यक्षमा रमेश खनालले १८८, सहकोषाध्यक्षमा निर्मला दुलाल आचार्यले १७७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लामिछानेले बताउनुभयो ।

यसैगरी खुला सदस्यमा कर्णबहादुर कार्की, कौशलकुमार शाह, गङ्गा राई, प्रजापति दाहाल, महिला सदस्यमा कमला कार्की, तारा पौडेल आचार्य, काजलकुमारी ठाकुर, शान्ति थिङ, सदस्य सेवा क्षेत्र खुलामा अनिलकुमार सिंह र मिलन शर्मा घिमिरे निर्वाचित हुनुभएको छ ।महिला सदस्य अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा तारादेवी खतिवडा फुँयाल, युवा समितिमा राजु परियार, महिला समिति अध्यक्षमा अनु शर्मा, महिला समिति सचिवमा मेनुका भट्टराई र महिला समिति कोषाध्यक्षमा मिरा श्रेष्ठ विजयी हुनुभएको छ । मङ्गलबार सम्पन्न मतदानमा ४०४ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array