प्रस्तावित प्रधानन्यायाधीशविरुद्धका उजुरीकर्तासँग छलफल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३१ जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ, संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल सुरु भएको छ ।समितिको आजको बैठकमा प्रधानन्यायाधीशबिरुद्ध २९ जनाले उजुरी दिएकामा २३ उजुरीकर्ता सहभागी भएका छन् । ज्येष्ठ सदस्यका रूपमा बैठकको सभापतित्व गर्नुभएका पशुपतिशम्शेर जबराले उजरीको गम्भीर्यता हेरी पहिले सामान्य प्रकृतिका उजरीमाथि छलफल अगाडि बढाउने जानकारी दिनुभयो ।
यस अघि बैठकमा समिति सदस्य सांसद जर्नादन शर्मा ‘प्रभाकर’ ले उजुरीहरु फरक–फरक खालका भएका कारण सबै उजुरीलाई एकै ठाउँमा राखेर छलफल गर्नुभन्दा उस्तै प्रकृतिका उजुरीलाई एकै ठाउँमा राखेर छलफल गर्नुपर्नेमा जोड दिनुभएको थियो । सांसद महेश बर्तौलाले उजुरीहरु अनुमान गरेअनुसार नै आएको बताउँदै आवश्यकता र विषयको गहनता हेरेर मात्रै छलफल अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । कतिपय उजुरीहरु राजनीतिक प्रकृतिका भएका कारण ती उजुरीलाई फरक–फरक ढङ्गले छलफल गर्नुपर्ने उहाँको भनाइ थियो ।

अर्का सांसद रमेशजङ्ग रायमाझीले भन्नुभयो, “कुन विषयलाई गहन भन्ने कुन विषयलाई सामान्य भन्ने ? सबैले गहन विषय भएरै उजुरी दिएको हुनुपर्छ, त्यसैले सबैभन्दा पहिला उजुरीकर्ताको उजुरी सुनौँ, अनि छलफल अगाडि बढाऔँ ।”

प्रतिक्रिया दिनुहोस्

Array