तारकेश्वर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरेर प्लटीङले राखेको बाटो बन्द गरायो, अब अबैध संरचना समेत भत्काइने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३२ जेष्ठ २०८०, बिहीबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाले नगरपालिका भित्रका सरकारी, प्रति जग्गा, बगर तथा गुठीका जग्गाहरु संरक्षणका लागि अभियान सुरु गरेको छ । नगरपालिका भित्रका सरकारी जग्गाहरुमा माफियाहरुले अतिक्रमण गर्ने, प्लटीङका नाममा सरकारी जग्गामा बाटो राखेर करोडौं कुम्ल्याउन थालेपछि तारकेश्वर नगरपालिकाले सरकारी सम्पत्ती संरक्षण गर्ने अभियानमा जुटेको हो । नगरपालिकाले सरकारी जग्गा संरक्षणका साथै सरकारी मापदण्ड उल्लंघन गरि बनाएका घर टहराहरु समेत भत्काउने कामको सुरुवात गर्न लागेको तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले बताउनुभयो । उहाँले नगरपालिका भित्र रहेका करिडोरका सडकहरुमा मापदण्ड बिपरीत बनेको घर, टहराका साथै विभिन्न निकायलाई प्रभावमा पारी मापदण्ड लागु भएपनि कागजपत्रमा बैधानीक देखिएका संरचना समेत भत्काइने बताउनुभयो ।
नगरप्रमुख महर्जनले नगरपालिकाले अव जति सुकै आलोचना खेप्न परेपनि सरकारी सम्पत्ती संरक्षण गर्ने अभियानमा पछाडी नर्फकने बताँउदै यस अभियानमा सहयोग गर्न नगरवासीहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “ सरकारी जग्गा संरक्षण र तारकेश्वरबासीलाई शुसासन दिने क्रममा आइपर्ने जुनै पनि अप्ठेरो परिस्थीति झेल्न र आलोचना खेप्न पनि नगरपालिका तयार छ, हाम्रो यो पवित्र उदेश्य सहित थालिएको अभियानमा नगरवासीहरुबाट सहयोगको अपेक्षा गरेका छौं”
नगरप्रमुख महर्जनले तारकेश्वर नगरपालिकाले अव बिस्तारै सरकारी मापदण्डले अबैध भनिएका संरचनाहरु भत्काउने, सरकारी जग्गा संरक्षण गर्ने र प्लटीङ गर्ने क्रममा सरकारी जग्गामा बाटो राखीएका ठाँउहरुमा बाटो बन्द गरिने बताउनुभयो ।
यसैबिच सरकारी जग्गामा बाटो राखेर प्लटीङले कित्ताकाँट गरेको भेटेपछि तारकेश्वर नगरपालिकाले सो बाटो बन्द गरिदिएको छ । तारकेश्वर वडा नं ६ धर्मस्थलीमा नगरपालिकाको नवनिर्मीत भबनसंगै जोडिएको प्लटीङको बाटोमा नगरपालिकाले पर्खाल लगाइदिएको हो । हाल प्रतिआना ५० लाख भन्दा बढी पर्ने ति जग्गामा प्लटीङले सरकारी जग्गाबाट बाटो राखेर जग्गा बिक्री गरेको थियो । सरकारी जग्गामा बाटो राख्नका लागि प्लटीङवालाले लाखौंको चलखेल गरेको स्थानीयको भनाई छ । नगरपालिकाले बाटोमा पर्खाल लगाइदिएपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array