सांसद पन्तको प्रश्न : धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३२ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ, नेकपा ९एमाले०का सांसद रघुजी पन्तले नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको धारणा माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले धर्म निरपेक्षताबारे सरकारसँग प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो ,“धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो रु यो संसद्लाई स्पष्ट पारियोस् ।”

बैठकमा आकस्मिक समयमा सांसद पन्तले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग हुँदै आएको छ । पछिल्लो समययता असंलग्न परराष्ट्र नीतिमा खलबल हुन थालेको छ ।”

सांसद पन्तले राजदूत शर्माले दिएको अन्तर्वार्तामा नेपालको धर्मनिरपेक्षतामा प्रश्न खडा गरेको बताउनुभयो । “नेपालको संविधानमा धर्मनिरपेक्षताको कुरा छ । तर राजदूतले त्यहाँ गएर धर्मनिरपेक्षाताको विपरीत कुरा गर्नुहुन्छ”, उहाँले भन्नुभयो ।

सांसद पन्तले इपिजीको प्रतिवदेनप्रति राजदूत शर्माको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भन्नुभयो, “के इपिजीको प्रतिवेदन प्रभूत्व व्यक्ति समूहबारे राजदूतले व्यक्त गरेको विचारले नेपाल सरकारको प्रतिनिधित्व गर्छ रु गर्छ भने यो आपत्तिजनक र खेदपूर्ण छ ।” सांसद पन्तले राजदूत शर्माले बिआरआइलाई ‘लोन ट्रयाप’ जनाउँदै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array