चार किलो पाँच सय २० ग्राम गाँजासहित एक पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ असार २०८०, शुक्रबार
0 Min Read
Aa

भक्तपुर, चार किलो पाँच सय २० ग्राम गाँजा बिक्रीका लागि बोकेर हिँडिरहेको अवस्थामा भक्तपुर प्रहरीले आज भक्तपुर नगरपालिका–४ मङ्गलाछेँबाट एक जनालाई पक्राउ गरेको छ ।

लागूऔषध गाँजासहित प्रहरीले काभे्रपलाञ्चोक रोशी गाउँपालिका–१० मङ्गलटार घरभई हाल भक्तपुर मङ्गलाछेँ बस्ने २३ वर्षीय अभि तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेका तामाङलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array