संसदीय समितिद्वारा सरकारको ध्यानाकर्षण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ असार २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ,  राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले संसदीय समितिका निर्देशन कार्यान्वयन नहुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिको आजको बैठकमा निर्देशन, सुझाव कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा सांसदहरुले गुनासो गर्नुभएको हो । समितिले निर्देशन, सुझाव कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन उपसमिति गठन गरेर अध्ययन गरेको थियो ।

अध्ययनका क्रममा सांसदहरुले अहिलेसम्म दिएका निर्देशन कार्यान्वयन नहुँदा समितिको काम पनि नदेखिएको बताउनुभयो । समिति सभापति जयन्तीदेवी राईले निर्देशन कार्यान्वयनका लागि के गर्न सकिन्छ भन्ने विषयमा थप अध्ययन पनि गरिने बताउनुभयो ।

बैठकमा सांसदहरु डा बिमला राई पौडेल, नारायणदत्त मिश्र, खिमलाल देवकोटा, तारामान स्वार, भैरवसुन्दर श्रेष्ठ लगायतले संसद् सचिवालयमा रहेको अनुसन्धान एकाइलाई सक्रिय गराएर समितिका निर्देशन कार्यान्वयन भए÷नभएको थप अध्ययन गरिनुपर्नेमा जोड दिनुभयो । केन्द्रीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नखोजेजस्तो देखिएकाले संविधान एवं कानुनअनुसार सबै तहले काम गर्नुपर्नेमा उहाँहरुको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्

Array