भारतीय कन्सलटेन्सीका पाँच कर्मचारी नियन्त्रणमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ असार २०८०, शनिबार
1 Min Read
Aa

कञ्चनपुर, विना स्वीकृति नेपाली भूभागमा आएर सडकको लेबल जाँच गरिरहेको अवस्थामा कञ्चनपुरको महेन्द्रनगरबाट भारतीय कन्सलटेन्सीका पाँच कर्मचारी प्रहरी नियन्त्रणमा परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी क्षेत्रमा जमिन नाप जाँच गरिरहेका भारतीय रिद्धिसिद्धि कन्सलटेन्सीका पाँच जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

“भारततर्फ सडक बनिरहेकाले यहाँ आएर जमिनको लेबल जाँच गर्न आएको भन्नेछ”, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले भन्नुभयो, “त्यसका लागि उनीहरू विना अनुमति आएको बुझियो । पक्राउ परेका पाँच जनालाई जिल्ला प्रशासन लगिएको छ ।”

जमिन नापजाँचका सामग्रीसहित लिएर आएका उनीहरूलाई स्थानीयवासीले जमिन जाँच गरिरहेको देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array