काठमाडौँ महानगरपालिकाले अशक्त र गरिब नागरिक बिरामीका लागि निःशुल्क उपचारको सुविधा सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ बैशाख २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले अशक्त र गरिब नागरिक बिरामीका लागि निःशुल्क उपचारको सुविधा सुरु गरेको छ । उपत्यकामा रहेका ५२ अस्पतालका ३७४ बेडबाट बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने महानगरले जनाएको छ । काठमाडौँ महानगरवासी मात्र नभएर देशैभरका अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर आएमा निःशुल्क उपचारको व्यवस्था गर्ने जनाएको हो । यसका लागि महानगरको निःशुल्क टेलिफोन नम्बर ११८० मा कल गरेर थप जानकारी समेत लिन सकिने काठमाडौँ महानगर स्वास्थ्य विभागले जनाएको छ । May be an image of 1 person and text

प्रतिक्रिया दिनुहोस्

Array