आज नवरात्रको तेस्रो दिन : देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै

Sagarmatha Post
Sagarmatha Post २७ आश्विन २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौँ। बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। धार्मिक मान्यताअनुसार चन्द्रघण्टा देवीको आराधना गर्नाले शक्ति, साहस र आत्मविश्वास प्राप्त हुने विश्वास गरिन्छ। चन्द्रमाको आधार भएको घण्टा धारण गर्ने भएकाले देवीको नाम चन्द्रघण्टा रहन गएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख छ। मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् जसको घण्टामा चन्द्रमा रहेको छ, उहाँलाई चन्द्रघण्टा भनिएको छ।

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार नवरात्रका अवसरमा देवीको विशेष पूजा आराधना गर्ने परम्परा छ। देवीको उपासनाबाट शक्ति प्राप्त हुने धार्मिक विश्वासका कारण भक्तजनले श्रद्धापूर्वक चन्द्रघण्टाको आराधना गर्ने गर्छन्।चन्द्रघण्टा देवीको स्वरूप पहेँलो वर्णको रहेको धार्मिक ग्रन्थमा वर्णन गरिएको छ। उहाँलाई अत्याचारी तथा दानवी शक्तिको नाश गर्ने देवीका रूपमा पूजा गरिन्छ। नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजा गर्दा मणिपुर चक्रमा ध्यान केन्द्रित गर्ने धार्मिक परम्परा पनि छ। देवीको स्वरूपको ध्यान र उपासनाबाट विभिन्न शक्ति प्राप्त हुने विश्वास गरिन्छ।

वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा चन्द्रघण्टा देवीको कृपाले पाप नाश हुने उल्लेख छ। उहाँको स्वरूप शान्त, सौम्य र करुणामयी रहेको मानिन्छ। विशेषगरी गीतसङ्गीत क्षेत्रमा आबद्ध व्यक्तिले चन्द्रघण्टा देवीको आराधना गर्ने धार्मिक विश्वास छ। आजका दिन

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्