मन्त्रिपरिषद्का सात निर्णय : आईएमएफ ऋणदेखि झोलुङ्गे पुल नीतिसम्म

Sagarmatha Post
Sagarmatha Post ४ मंसिर २०८३, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आईएमएफको ‘र्‍यापिड क्रेडिट फ्यासिलिटी’ (आरसीएफ) अन्तर्गत प्राप्त हुने उक्त ऋण स्वीकार गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो। बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमणदेखि विभिन्न नीतिगत तथा प्रशासनिक विषयसम्बन्धी सातवटा निर्णय गरेको छ।

मन्त्रिपरिषद्का सात निर्णय

१. प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

मङ्सिर ६ र ७ गते प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरिएको छ।

२. चीनको दुई मिलियन डलर अनुदान स्वीकार

चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको जीवन रक्षा, आपत्कालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ।

३. आईएमएफको १०७ मिलियन डलर ऋण स्वीकार

अन्तर्राष्ट्रिय मुद्रा कोषको ‘र्‍यापिड क्रेडिट फ्यासिलिटी’ अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरिएको छ।

४. सरकारी तथा सार्वजनिक जग्गाको नापजाँच गरिने

नेपालभर हालसम्म नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आवश्यक आदेश जारी गर्ने निर्णय गरिएको छ।

५. राष्ट्रिय जैविक विविधता रणनीति स्वीकृत

सरकारले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गरेको छ।

६. सम्पदा संरक्षणसम्बन्धी मापदण्ड स्वीकृत

ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाको संरक्षणसम्बन्धी मापदण्ड (नम्र्स) २०८३ स्वीकृत गर्ने निर्णय भएको छ।

७. राष्ट्रिय झोलुङ्गे पुल नीति स्वीकृत

बैठकले राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ समेत स्वीकृत गरेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्