पर्वतीय जलवायु कार्यक्रम सन् २०२७ देखि सञ्चालन गर्न नेपालको प्रस्ताव

Sagarmatha Post
Sagarmatha Post २ मंसिर २०८३, बुधबार
1 Min Read
Aa

अन्ताल्या (टर्किए) । नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका विषयमा छुट्टै कार्यक्रम सन् २०२७ देखि सञ्चालन गर्नुपर्ने प्रस्तावसहित कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे सुझाव पेस गर्ने भएको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र, हिमनदी तथा त्यहाँ आश्रित समुदायले सामना गरिरहेका जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कोप–३१ को अध्यक्षतामा तयार पारिएको निर्णय मस्यौदामा छुट्टै पर्वतीय जलवायु कार्यक्रम स्थापना गर्ने प्रस्ताव समावेश गरिएको छ।

नेपालले उक्त प्रस्तावको स्वागत गरे पनि यसको प्रभावकारी कार्यान्वयनका लागि केही महत्त्वपूर्ण विषय स्पष्ट हुनुपर्नेमा जोड दिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालका अनुसार नेपालले कार्यक्रम सुरु हुने समयसीमा, कार्यक्षेत्र, कार्यान्वयन प्रक्रिया तथा जलवायु वित्त र अनुकूलनसँग सम्बन्धित पर्वतविशेष सूचक स्पष्ट पार्न तीनबुँदे प्रस्ताव अघि सार्नेछ।

कोप–३१ को अध्यक्षताले विभिन्न पक्ष राष्ट्रसँग गरेको परामर्शपछि तयार पारेको निर्णय मस्यौदाको बुँदा ३१ मा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यकार्यक्रम स्थापना गर्ने उल्लेख छ। उक्त कार्यक्रममार्फत वैज्ञानिक अध्ययन तथा बुझाइ अभिवृद्धि गर्ने, जलवायु अनुकूलनका गतिविधि सञ्चालन गर्ने, उत्थानशीलता विकास गर्ने र पर्वतीय तथा हिमनदीमा निर्भर समुदायलाई सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ। त्यस्तै, पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी विषयलाई

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्