काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाबीच आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री खनालले नवनियुक्त राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपाल र भारतबीच रहिआएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। साथै, दुई देशबीचको आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउने विषयमा समेत विचारविमर्श भएको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्