आगामी चैतको पहिलो सातामा स्थानीय तहको निर्वाचन गर्ने आयोगको तयारी

Sagarmatha Post
Sagarmatha Post ३० कार्तिक २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं । निर्वाचन आयोगले आगामी चैतको पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ। संविधान र प्रचलित कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति तय गर्न आवश्यक छलफल भइरहेको आयोगले जनाएको छ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनको वातावरण निर्माण तथा आवश्यक तयारीका विषयमा छलफल गर्न आयोगले मंसिर ४ गते राजनीतिक दलहरूलाई बोलाएको छ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा गाउँसभा वा नगरसभाका सदस्यको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ। संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने प्रावधान रहेको छ। राजनीतिक दलहरूसँगको छलफल, संवैधानिक व्यवस्था र कानुनी प्रावधानका आधारमा निर्वाचनको मिति टुङ्गो लगाइने आयोगले जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्