राष्ट्रपति अस्पताल भर्ना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ असार २०८०, शनिबार
0 Min Read
Aa

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारार्थ भर्ना हुनुभएको छ । उहाँको मुटुको चाल मनिटरिङ्ग गर्न आवश्यक देखिएकाले अस्पताल भर्ना हुनुभएको हो ।

सो सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array