खोज, उद्धार र प्रभावितको व्यवस्थापनमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ असार २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौँ, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वीनेपालका विभिन्न जिल्लामा बाढीपहिराका कारण मानिसको मृत्यु तथा बेपत्ता भएको र ठूलो भौतिक क्षतिसमेत भएकाले बेपत्ताहरुको खोजी गरी घाइतेको उपचार, राहत र प्रभावितको उचित व्यवस्थापनमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ ।

पाँचथर सङ्खुवासभालगायतका जिल्लामा भारी वर्षापछि आएको बाढी तथा पहिराका कारण ठूलो धनजनको क्षति भएपछि आजै आपत्कालीन बैठक बसेर उहाँले उक्त निर्देशन दिनुभएको हो । उहाँको निर्देशनपछि नै आजै मेची राजमार्गको हेवाखोलामा पुल बगाएकाले त्यस ठाउँमा मोडुलर ट्रष्ट ब्रिज निर्माण गरी यातायात सहज पार्न निर्देशन दिनुभएको छ । प्राप्त विवरणमा सो क्षेत्रमा अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता छन् । केही पुल बगाएको र झण्डै दर्जन पुलमा क्षति पु¥याएको छ । केही घरसमेत बगाएको छ ।

गृहमन्त्रीको निर्देशन पश्चात आजै इटहरीबाट पुलका सामान त्यसतर्फ पठाइ सकिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । पूर्वतयारी स्वरुप त्यहाँ पुलका सामान भण्डारण गरिएकाले पूर्वका लागि इटहरीबाट व्यवस्थापन गर्न सजिलो भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो ।

दुई वर्षअघि जस्तै मनसुनको सुरुआती समयमै मेलम्चीलगायत विभिन्न जिल्लामा एकैपटक हानेको र त्यही ट्रेन अहिले पनि देखिएको उहाँले बताउनुभयो । पूर्वमा आज र भोलि फेरि पानी पर्ने देखिएकाले अझै सतर्क हुनेपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार भोलि सोमबार लमजुङमा पनि पानी पर्ने देखिएको अलर्ट पठाइसकेको छ ।–

प्रतिक्रिया दिनुहोस्

Array