तारकेश्वर नगरपालिकाद्धारा आर्थिक बर्ष २०८०/८१ का लागि योजना तर्जुमा छलफल तथा सुझाब संकलन सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ असार २०८०, सोमबार
5 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकाद्धारा आर्थिक बर्ष २०८०÷८१ का लागि योजना तर्जुमा छलफल तथा सुझाब संकलन कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाले क्षेत्र नं ६ र ७ का प्रतिनिधिसभा सदस्यहरु, प्रदेश सभा सदस्य सहित बिभिन्न क्षेत्रका बिद्धान तथा सरोकारवालाहरु सहितको उपस्थीतिमा योजना तर्जुमा छलफल तथा सुझाब संकलन गरेको हो ।

May be an image of 2 people, dais and text
कार्यक्रममा काठमाण्डौं क्षेत्र नं ६ का संघीय सांसद शिशिर खनालले तारकेश्वर नगरपालिकाका मुख्य समस्याहरु खानेपानी र सडक रहेको बताँउदै यि क्षेत्रहरुलाई केन्द्रबिन्दुमा राखेर बजेट बिनियोजन गर्नुपर्ने बताउनुभयो ।
तारकेश्वर नगरपालिकाले आवधीक योजना निर्माण गरेर अगाडी बढन खोज्नु निकै सराहानीय रहेको बताँउदै संसद खनालले नगरपालिकाको विकासका निम्ती आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा काठमाण्डौं क्षेत्र नं ७ का संघीय सांसद गणेश पराजुलीले तारकेश्वर धार्मीक र पर्यटकीय सम्भाबना बोकेको नगरपालिका रहेकाले आन्तरीक र वाह्य धार्मीक पर्यटकलाई आर्कर्षीत गर्नका निम्ती त्यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

May be an image of 3 people, dais and text
कार्यक्रममा काठमाण्डौं क्षेत्र नं ६ प्रदेश क का प्रदेश सभा सदस्य हरिप्रभा खडगीले जनतासंग प्रत्यक्ष सरोकार राख्ने शिक्षा र स्वास्थ्यका क्षेत्रमा जनतासंग साझेदारीमा कार्यक्रमहरु ल्याउन सुझाब दिनुभयो ।
खडगीले तारकेश्वरमा काँग्रेस नेतृत्वको जनप्रतिनिधिहरुले बिजयी भएकाले चुनाबबाट जनअनुमोदीत घोषणापत्रहरुलाई अगाडी राखेर नीति तथा कार्यक्रमहरु तयार गर्नुपर्ने बताउनुभयो ।

May be an image of 4 people and text
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश ख का सभापति बिष्णभुक्त तिमिल्सीनाले तारकेश्वर नगरपालिकाले असारे विकासलाई निरुत्साहीत गर्न नगरसभा अघिनै विकासका कामहरु लगभग पुरा गरेर नयाँ परम्पराको थालनी गरेको बताँउदै यसलाई आगामी बर्ष पनि निरन्तरता दिनुपर्ने बताउनुभयो ।
नगरपालिकाले गर्ने तालिम तथा विभिन्न कार्यक्रमहरुमा एउटै व्यक्तिले धेरै पटक अवसर पाउने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “करोडको गाडी चढेर सिलाइ बुनाईको तालिममा सहभागी हुने तर लुगाको टाँक छिन्यो भने दौडीएर टेलर पुग्ने खालका मानिसलाई तालिम दिएर काम छैन, अव तालिम लिएर यहि क्षेत्रमा केहि गर्छु भन्ने अठोट लिनेहरुलाई नगरपालिकाले अवसर दिनुपर्दछ”
कार्यक्रममा नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष जगन्नाथ राजबाहकले तारकेश्वर नगरपालिका भित्रका मुख्य सडकहरुलाई पहिलो प्राथमीकतामा राखेर काम अगाडी बढाउन सुझाब दिनुभयो ।
तारकेश्वर नगरपालिकामा बढदो शहरीकरणले व्यवसायगर्नका लागि जग्गाको अभाब हुन थालेको बताँउदै नेता राजबाहकले सहरी क्षेत्रका टुक्रे जग्गाहरु भाडादिने व्यवस्था भएमा व्यवसायलाई सहयोग पुग्नुका साथै नगरपालिको समेत आम्दानी बढने बताउनुभयो ।
नेमकिपा तारकेश्वरका नेता सुनिल महर्जनले तारकेश्वर नगरपालिका कुखुराको मासु र अण्डामा आत्मनिर्भर रहेपनि स्थानीय निकायले उचित सहयोग नगर्दा व्यवसायीहरु पलायन हुने अवस्था रहेको बताँउदै कुखुरापालन क्षेत्रका लागि अनुदानको व्यवस्था गर्न आग्रह गर्नुभयो ।
विवेकशिल साझा पार्टीका नेता अजित खडकाले नेपालका युवाहरुमा बितृष्ण फैलाएर बिदेश पलायन गर्न बाध्य पार्नेहरु सक्रिय रहेको बताँउदै युवालाई बिदेश पलाय रोक्ने खालका कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो ।

May be an image of 1 person, dais and text
कार्यक्रममा धन्यवात दिंदै तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले तारकेश्वरले पुर्वाधारका विकासलाई प्राथमीकतामा राखेर अवका बजेट कार्यक्रम आउने बताउनुभयो । उहाँले भन्नुभयो ७० प्रतिशत बजेट पुर्वाधार र ३० प्रतिशत बजेट सामाजिक विकासमा खर्च हुनुपर्ने हो तर त्यस्तो भइरहेको छैन्, अव हामीले पुर्वाधारलाई पहिलो प्राथमीकतामा राखेर सामाजिक विकासमा समेत लागि बढदैछौ”
उपप्रमुख अर्यालले तारकेश्वर नगरपालिकामा सञ्चालीत योजनाहरुमा कहि कतै भ्रष्टाचारको गन्ध नआएको बताँउदै आफ्नो नेतृत्वमा रहेको विज्ञ समुहबाट कडा मेहनताका साथ अनुगमन भइरहेको बताउनुभयो ।

May be an image of 1 person and text
कार्यक्रममा आएका सुझाब सल्लाह सहित सम्बोधन गदै कार्यक्रमका सभापति एवं तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले तारकेश्वर नगरपालिकाको विकासका लागि नगरपालिकाको टिम अहोरात्र खटिएको बताँउदै ५ बर्ष भित्रमा तारकेश्वको विकास र समृद्धि आउने निश्चीत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “हामीले समृद्ध तारकेश्वरको सपना देखेका छौं, हामी त्यो सपना पुरा गराउन लागि पनि परेको छौं, हामी निदाएका छैनौं नगरको विकासमा दौडिरहेका छौं, काम गर्ने क्रममा कमि कम्जोरी देख्नुभयो भने भनिदिनुहोला, हामी सच्याएर अगाडी बढन तयार छौं, तर हामीले गदै गरेका विकासबाट आँत्तीएकारुले हतोत्साहीत गर्न पार्न गर्ने हर्कतहरुका बिरुद्ध हामी उभिन तयार पनि छौं ”
नगरप्रमुख महर्जनले छलफलबाट आएका सुझाबहरुलाई अध्ययन गरेर औचित्यता र आवश्यकताको आधारमा कार्यान्वयन गरिने बताउनुभयो ।

May be an image of 5 people, hospital, dais and text

कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्ण बहादुर घिमिरेले सार्वजनिक सेवा–प्रवाहलाई नतिजामूलक, जनमैत्री तथा प्रभावकारी बनाउन नगरपालिका लागिपरेको बताँउदै जनताको आवश्यकताका आधारमा समन्वय र सहकार्य गरेर योजना तथा कार्यक्रमहरु ल्याइने बताउनुभयो ।
तारकेश्वर नगरपालिकाको आगामी आथिक वर्ष २०८०/०८१ को नीति कार्यक्रम तथा दिगो विकासको लक्ष्य संग स्थानीयकरण गरि ल्याउने उदेश्य रहेको योजना शाखा प्रमुख सागर अर्यालले बताउनुभयो ।

May be an image of 4 people, dais and text

May be an image of 4 people

May be an image of 5 people and text

May be an image of 7 people, people studying and text

May be an image of 2 people

May be an image of 5 people, people studying, dais and text

df

प्रतिक्रिया दिनुहोस्

Array