हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको जीप दुर्घटना : घाइते चालकको मृत्यु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ असार २०८०, सोमबार
1 Min Read
Aa

हुम्ला, हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भिरबाट जीप खस्दा घाइते भएका चालकको मृत्यु भएको छ । धनुषाको शान्तिपुर–२ घर भएका घाइते चालक २५ वर्षीय राजेश हेन्जन तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०३–१–०२२ च ५१२५ नम्बरको जीप आज च्याछरास्थित कर्णाली नदीमा खसेको थियो । प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार जीपमा सवार १२ यात्रु सकुशल रहेका छन् । उकालो सडकमा ती सबै यात्रु जीपबाट बाहिर निस्किएका कारण बाँच्न सफल भएका बताइएको छ ।

जीप खस्नै लाग्दा चालक तामाङले हाम फालेका थिए । सो क्रमाम उनी सख्त घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array