तारकेश्वर नगरपालिका वडा नं १० र ११ जोडने गुम्बा पुल देखि लोकतान्त्रीक चोक सम्मको सडक कालोपत्रे सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ असार २०८०, शुक्रबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं १० र ११ जोडने गुम्बा पुल देखि लोकतान्त्रीक चोक हुंदै न्यायीक प्रतिष्ठान सम्मको सडक कालोपत्रे सम्पन्न भएको छ ।
१७ महिना देखि अलपत्र यस सडकलाई नगरप्रमुख कृष्ण हरि महर्जनले चाँडै पुरा गराउन निर्माण कम्पनीलाई ताकेता गदै आइरहनु भएको थियो । स्थानीय चुनाव अगाडीनै बेस राखेर कालोपत्रे गर्ने तयारी भएपनि सडकको पाइप र ढललाई व्यवस्थीत गर्न लाग्दा ढिलाई भएको पराशी निर्माण सेवाका प्रोपाइटर निरञ्जन थापाले बताउनुभयो ।
पराशी निर्माण सेवाले उक्त सडक निर्माणका लागि ७२ लाखमा टेण्डर पारेको थियो । टेण्डर अनुसार पराशीले हिजो ७ सय मिटर सडक कालोपत्रे गरेको छ ।

May be an image of 7 people and text
हिजो विहान देखि सुरु भएको कालोपत्रे गर्ने काम राती झण्डै १ बजे पुरा भएको थियो । कालोपत्रे भइरहेको सडकको तारकेश्वर नगरपालिकाकी उपप्रमुख तथा अनुगमन समिति संयोजक सृजना बुर्लाकोटी अर्यालले अनुगमन गर्नुभएको थियो । अनुगमनको क्रममा उपप्रमुख अर्यालले सम्झौता अनुसार गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो ।

May be an image of 16 people, crowd and road
सडक कालोपत्रे गर्ने क्रममा तारकेश्वर नगरपालिका वडा नं १० र ११ का जनप्रतिनिधिहरु, प्राविधिकहरु, र स्थानीयहरु राती १२ बजे सम्म फिल्डमानै खटिनुभएको थियो । कालोपत्रे गराउने क्रममा तारकेश्वर १० का वडा अध्यक्ष कुमार राई, ११ का वडा अध्यक्ष कविराज बस्नेत, कार्यापालीका सदस्य एवं वडा नं १० की वडा सदस्य शान्ता थपलिया, तारकेश्वर नगरपालिका न्यायीक समिति सदस्य एवं वडा नं ११ की वडा सदस्य मिना थापा, वडा नं १० र ११ का वडा सदस्यहरु रत्नमायाँ परियार, बिनोद घले, जगन्नाथ घिमिरे, लिलादेवी बराइली, नेपाली काँग्रेस काठमाण्डौंका जिल्ला सदस्य लक्ष्मण महर्जन,तारकेश्वर नगरपालिकाका इन्जीनियर पारश थापा, वडा नं ११ का प्राविधिक नृपेन्द्र श्रेष्ठ, समाजसेवी एवं सामाजिक अभियन्ताहरु श्री घले, नारायण मल्ल ठकुरी, मनोज राई, लगायत मध्यराती सम्म फिल्डमा खटिनु भएको थियो ।

May be an image of 8 people, people smiling and text

May be an image of 8 people and text

May be an image of 7 people and street

May be an image of 4 people, train and text

df

May be an image of 5 people, road and street

May be an image of 8 people, road and street

May be an image of 15 people

dsf

May be an image of 15 people, street and text

May be an image of 10 people, street and road

May be an image of 4 people and street

May be an image of 6 people, street, road and text

dsf

प्रतिक्रिया दिनुहोस्

Array