प्रतिमिनेट २५ सय लिटर पानी निकाल्ने लक्ष्य सहित तारकेश्वर नगरपालिका ११ मा डिपबोरिङको काम सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ असार २०८०, शनिबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं ११ मा प्रतिमिनेट २५ सय लिटर पानी निकाल्ने लक्ष्य सहित डिपबोरिङको काम सुरु भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ११ को कार्यालयको कम्पाउण्डसंगै खाली जग्गामा बोरिङको काम सुरु भएको हो । शनिबार बिहान वडा अध्यक्ष कबिराज बस्नेतले बोरिङको पुजा गरेर शिलान्यास गर्नुभएको हो । बोरिङको शिलान्यास गदै अध्यक्ष बस्नेतले लामो समय देखि वडा नं ११ का जनताले झेल्दै आएको पानीको समस्या अन्त्य हुने बताउनुभयो ।
शिलान्यास कार्याक्रममा वडा सदस्यहरु मिरा थापा, जगन्नाथ घिमिेरे, बिनोद घले, लिलादेवी बराइली, वडा सचिब नानु तिवारी, वडा नं ११ का प्राविधिक नृपेन्द्र श्रेष्ठ, काँग्रेस नेता सरोज बस्नेत,झंकनाथ घिमिरे र दिपेश थापा, समाजसेवीहरु केशवराज कार्की, केशव श्रेष्ठ, रामकुमार महर्जन, नमुना नगर टोलसुधार समितिका अध्यक्ष इन्द्र गुरुङ, नेपालटार कोलोनीका अध्यक्ष विश्वनाथ मुडभरी, आनन्दनगर टोलसुधार समितिका अध्यक्ष दिपक भण्डारी, केयुकेयलका हाइड्रोजियोलोजिष्ट नबिन पराजुली लगायतको उपस्थीति रहेको थियो ।

May be an image of 7 people and temple
केयुकेयलको करिब ५५ लाखको लागतमा ८ इञ्चको बोरिङ खन्न लागिएको हो । बोरिङ यहि असार मसान्त सम्म सम्पन्न हुने लुम्बिनी कन्ट्रक्सन एण्ड डिलिङ प्रा.लि का प्रोपाइटर बिनोद पराजुलीले बताउनुभयो ।
केयुकेयलले बोरिङको पानी निकाल्नका लागि मात्र ठेक्का निकालेकाले यस आर्थिक बर्षमा पानी निकाल्ने मात्र काम हुने केयुकेयलका हाइड्रोजियोलोजिष्ट नबिन पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो “ यस पटक बोरिङ खन्नको लागि मात्र टेण्डर भएको छ, पानी निकालीएपछि यसलाई परिक्षणका लागि ल्याबमा पठाइने छ, ल्याबको रिपोर्ट राम्रो आएमा केयुकेयलको लाइनमा सिधै जोडेर साउन देखि ग्राहकहरुको घर घरमा पठाइने छ”
आठ इन्चको बोरिङ सहित उच्च गतिमा पानी निकाल्न सकिने यस बोरिङको निर्माण पछि तारकेश्वर नगरपालिका वडा नं ११ सहित अन्य वडाहरुमा खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गरिएको छ ।
२०७३ सालमा तारकेश्वर नगरपालिका स्थापाना भएपनि नगरपालिकाको प्राथमीकतामा खाने पानीको बिषय नपरेपछि नगरबासीहरुले लामो समय देखि पानीको समस्या झेल्दै आइरहेका छन् । तारकेश्वरमा निर्वाचीत भएर आएसंगै नगरप्रमुख कृष्ण हरि महर्जनले जनताले भोग्दै आएको पानीको समस्यालाई अन्त्य गराउन पहिलो बैठकमानै पानीको एजेण्डा प्रस्तुत गदै आफ्नो कार्यकाल भरी नगरवासीको पानीको समस्या अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोहि प्रतिबद्धता अनुरुप नगरप्रमुखको पहलमा नगरपालिका, केयुकेयल, केन्द्र सरकार, प्रदेश सरकार र चाइना फाउण्डेसन समेतको सहयोगमा तारकेश्वरका बिभिन्न वडाहरुमा डिप बोरिङ तथा मुहानबाट पानी ल्याउनका लागि धमाधम कामहरु भइरहेका छन् । वडा नं १० मा डिपबोरिङको काम धमाधम भइरहेको छ भने वडा नं ७ मा बोरिङको काम पुरा भई खानेपानी बितरणको प्रकृयामा रहेको छ । त्यस्तै चाइना फाउण्डेसन मार्फत तारकेश्वर २ मा खानेपानीको काम भइरहेको छ भने वडा नं ४ र ५ मा ४६ सय घर धुरीलाई पानी खुवाउने गरि काम भइरहेको छ ।

May be an image of 7 people, temple and text

May be an image of 12 people

May be an image of 8 people and text

May be an image of 9 people

fgdfg

 

dfsdf

 

प्रतिक्रिया दिनुहोस्

Array