तारकेश्वर नगर स्वास्थ्य शाखाको आयोजनामा मनमैजुमा निःशुल्क औषधी सहितको आयुर्वेदीक स्वास्थ्य शिविर सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ असार २०८०, शनिबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मनमैजुमा औषधी सहित बृहद निःशुल्क विशेषज्ञ आयुर्वेदीक स्वास्थय शिविर सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ९ को मनमैजु माध्यामिक विद्यालयमा आयोजना गरिएको आयुर्वेदक विशेषज्ञ डक्टरहरु सहितको उक्त शिविरमा ३४१ जनाले सेवा लिएको तारकेश्वर नगर स्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाहले बताउनुभयो । शिविरमा ९७ जनाको पिसाव र रगतको समेत परिक्षण गरिएको शाहले जानकारी दिनुभयो । शिविरमा स्वास्थ्य परिक्षण गराउनेहरुलाई निशुल्क आयुर्वेदका औषधी समेत बितरण गरिएको थियो ।
शिबिर बिहान १० बजे देखि ३ बजे सम्म सञ्चालन गरिएको थियो । स्वास्थ्य शाखाको आयोजनामा यहि असार ११ गते धर्मस्थलीको ग्रामसेवा मा.वि र १४ गते पृथ्वीनारायण मा.वि गोलढुंगामा शिविर आयोजना हुने स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुंवरले जानकारी दिनुभयो ।

May be an image of 8 people and text that says ''पहिचान, अपनत्व अधिकार: विकासको आधार" तारकेश्वर नगरपालिका नगवयामिका नगर कार्यपालिकाको कार्यालय धर्मस्थली, काठमाडी वृहत नि :शुल्क विशेषज आयुर्वेद स्वास्श्य शिविर आयोजक तारकेश्वर ०३/ बजे कार्यालय नागरिक आोग्े तारकेश्वर, काठमाडौं'

May be an image of 3 people, table and chess
शिबिरमा विहानै देखि मनमैजु मा.वि का स्काउटका विद्यार्थीहरुले विरामीहरुलाई स्वास्थ्य परिक्षणमा सहजताका लागि सहयोग गरेको मनमैजु माध्यामिक विद्यालयकी प्रधानाध्यापक रबिना महर्जनले बताउनुभयो ।
स्वास्थ्य शिविरमा वडा नं ९ का अध्यक्ष श्यामकृष्ण महर्जन, तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विनोद कुुमार शाह, तारकेश्वर नगर स्वास्थ्य व्यवस्थापन समितिका सदस्य डा. लक्ष्मी पौडेल, शहरी स्वास्थ्य केन्द्र तारकेश्वर ९ का प्रमुख जनार्दन अधिकारी, तारकेश्वर नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुंवर, तारकेश्वर नगर स्वास्थ्य शाखाकी सिनियर अनमी निरिक्षक राधा थपलिया, अनमी शोभा आचार्य, सि अहेब भरत पाण्डे, हेल्थ असिस्टेन्ट शन्तोष ढकाल,नागरिक आरोग्य केन्द्रकी प्रमुख दिब्या आचार्य, कमला खनाल लगायतको उपस्थीति थियो ।

May be an image of 3 people, people studying, hospital and textMay be an image of 2 people, people studying and clothes iron

May be an image of 12 people and temple

May be an image of 19 people and text

df

May be an image of 10 people, temple and text

May be an image of 6 people and people smilingMay be an image of 2 people and textMay be an image of 3 people, people studying and textMay be an image of 4 people, people studying and textMay be an image of text that says 'nopaT "पहिचान, अपनत्व र अधिकार: दीगो विकासको आधार" तारकेश्वर नगरपालिका तानकबन नगवयामिका नगर कार्यपालिकाको कार्यालय धर्मस्थली, काठमाडी वृहत नि शुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर तारकेश्वर नगरपालिक) मिति: २०5०/ ०३/ गते समय: ...9O...3.D ...D................. बजे स्थान: ..... ...मन.म. आयोजक तारकेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय नागरिक आरोग्य सेवा केन्द्र तारकेश्वर, काठमाडौं'May be an image of 1 person, hospital and text

प्रतिक्रिया दिनुहोस्

Array