नेपालटारको महादेवखोला मार्ग हुंदै शेषमती सडकको कालोपत्रेको काम सम्पन्न, नगरप्रमुख र उपप्रमुखद्धारा सडकको अनुगमन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० असार २०८०, आईतवार
4 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं ११ नेपालटारको महादेवखोला मार्ग हुंदै शेषमती सडकको कालोपत्रेको काम सम्पन्न भएको छ ।
लामो समय देखि अलपत्र यस करिडोरको सडकमा बर्षामा हिलो र हिंउदमा धुलो हुंदा सडक प्रयोगकर्ताले निकै सास्ती खेप्दै आइरहेका थिए । २०७९ बैशाख ३० गतेनै सम्पन्न भइसक्नु पर्ने यस सडक बिभिन्न कारणले निर्माण पुरा हुन ढिलाई भइरहेको थियो । सम्झौता अनुसार कम्पनीले पहिलो चरणमा २०७९ माघमा शेषमती पुल देखि नेपालटारको पुल सम्म ६ सय १५ मिटर सडक कालोपत्रेको काम पुरा गरेको थियो भने दोश्रो चरणमा आज नेपालटार पुल देखि गुम्बा हुंदै आनन्द टोलको पुल सम्म ८ सय ३५ मिटर सडक कालोपत्रे पुरा गरेको तारकेश्वर नगरपालिका इन्जीनियर पारश थापाले बताउनुभयो । हिजो देखि सुरु गरिएको दोश्रो चरणको सडक कालोपत्रेको काम आज विहान पुरा भएको तारकेश्वर नगरपालिका वडा नं ११ का प्राविधिक नृपेन्द्र श्रेष्ठले बताउनुभयो । हिजोनै पुरा गर्ने लक्ष्य सहित सुरु गरिएको कालोपत्रेको काम आज मात्र पुरा भएको हो । रातभर कालोपत्रेको काम भइरहेपनि विहान ४ बजे तिर मेसिन बिग्रीएपछि काम रोकिएको प्राविधिक श्रेष्ठले बताउनुभयो । कालोपत्रे सडकको काम भइरहंदा प्राविधिक श्रेष्ठ रातभर फिल्डमै खटिनुभएको थियो । राती ४ बजे मेसिन बिग्रीएपछि केहिबेर रोकिएको कालोपत्रे गर्ने काम विहान १० बजे पुरा भएको हो । प्राविधिक श्रेष्ठले भन्नुभयो “हिजो देखि अहिले सम्म म फिल्डमानै छु, कालोपत्रेको काम लगभग पुरा भएको छ, अव घर पुगेर फ्रेस भएर केहि बेर पछि हुन लागीरहेको तारकेश्वर नगरपालिकाको नगरसभामा आउँदै छु”
तारकेश्वर नगरपालिकाको ३ करोड ७९ लाख ७६ हजार १ सय २६ रुपयाँमा के एण्ड केजी, शर्वशक्ति र विश्वजित जेभीले सम्झौता अनुसार १४७० मिटर सडक कालोपत्रे सहितको काम पुरा गरेको हो । ठेक्का सम्झौता अनुसार कम्पनीले सडकमा कालोपत्रे सहित मेसिनरी वाल १५६.२५ घनमिटर, पिसिसि ढलान १६३.०६ घनमिटर, ग्राबेल ११२४ घनमिटर, बेस १६८६ घनमिटर, कर्भ स्टोन २९४० रनिङ मिटर, ब्लक २६४० बर्गमिटर लगायतको काम पुरा गरेको तारकेश्वर नगरपालिका इन्जीनियर पारश थापाले बताउनुभयो ।
यसै बिच कालोपत्रे भइरहेको सडकको तारकेश्वर नगरपालिकका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा उहाँहरुले गुणस्तरीय सडक निर्माण गर्न कम्पनीलाई निर्देशन दिनुभएको छ । सो अवसरमा वडा नं ६ का अध्यक्ष एवं नगरस्तरीय अनुगमन टोलीका सदस्य घनश्याम श्रेष्ठ, वडा नं ११ का अध्यक्ष कबिराज बस्नेत, न्यायीक समिति सदस्य एवं वडा नं ११ की वडा सदस्य मिना थापा, वडा सदस्यहरु बिनोद घले, जगन्नाथ घिमिरे, लिलादेवी बराइली, तारकेश्वर नगरपालिकाका इन्जीनियर पारश थापा, वडा नं ११ का प्राविधिक नृपेन्द्र श्रेष्ठ सहित प्राविधिक, जनप्रतिनिधिहरु, टोलसुधार समितिका प्रतिनिधि र स्थानीयबासीहरुको उपस्थीति रहेको थियो ।
तारकेश्वर नगरपालिकाका पुर्व प्रमुख रामेश्वर बोहराको घर अगाडी भइरहेको सडक कालोपत्रेको कामको अबलोकन गर्न पुग्नु भएको नगरप्रमुख कृष्ण हरि महर्जन र उपप्रमुख सृजना बुर्लाकोटी अर्याल सहितको टोलीलाई बोहराले स्वागत गर्नुभएको थियो । आफ्नो पालामा सडक निर्माणको काम सुरु भएपनि बिभिन्न कारणले काम पुरा गर्न नसकेको बताँउदै पुर्व नगरप्रमुख बोहराले काम पुरा गराउन नगरपालिकाले गरेको प्रयास प्रति धन्यवात दिनुभएको थियो । बोहराले विकासका काममा नगरपालिकासंग सदैब हातेमालो गर्ने बताँउदै नगरपालिकाको विकासमा काम गर्न नगरप्रमुख महर्जनलाई सुभकामना दिनुभएको थियो । सो अवसरमा नगरप्रमुख महर्जनले यस अघि पुर्व प्रमुख बोहराको पालामा भएका राम्रा कामहरुलाई आफुले निरन्तरता दिइरहेको बताँउदै विकासमा पुर्वाग्रही नहुने बताउनुभयो । उहाँले भन्नुभयो “म तारकेश्वरको विकासका लागि आएको हुं, मलाई तारकेश्वरको बिकास गर्नुछ, विकासका काममा मलाई सवैको साथ आवश्यक छ”

May be an image of 3 people and road

May be an image of 10 people and roadMay be an image of 3 people

May be an image of 6 people and crowd

May be an image of 6 people, road, street and text that says 'N Apollo A'

May be an image of 6 people and fire

May be an image of 5 people, street and road

May be an image of 1 person, lighting, road and street

df

May be an image of 5 people and text

sdf

May be an image of 13 people, lighting and fire

fg

प्रतिक्रिया दिनुहोस्

Array