नेपाल प्रेस युनियन काठमाडौँको अध्यक्षमा गौतम निर्वाचित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ असार २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्ष पदमा महेश्वर गौतम निर्वाचित हुनुभएको छ । युनियनको गए राति सम्पन्न मतगणनामा सो पदका अर्का प्रत्यासी दिलीपप्रकाश कार्कीलाई पराजित गर्दै गौतम निर्वाचित हुनुभएको हो । गौतमले तीन सय १५ मत प्राप्त गर्दा कार्कीले एक सय २९ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत प्रदीप सत्यालले जानकारी दिनुभयो ।

यस्तै खुला उपाध्यक्षमा रोमन आचार्य र महिला उपाध्यक्षमा श्रद्धा कोइराला निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवमा भने सन्तोष अधिकारीले दुई सय ८५ मत ल्याएर विजयी हुँदा प्रत्यासी केशवप्रसाद पाण्डेले एक सय ५९ मत प्राप्त गर्नुभयो । सहसचिवमा पूजा बगाले र कोषाध्यक्षमा प्रदीप कार्की (भेषराज) विजयी हुनुभएको छ ।

यसैगरी सदस्यमा प्रवीन भुसाल, शिवलाल पौडेल, विशाल पुरी, कृष्णबहादुर कार्की, भुपेश उपाध्याय, कविन अधिकारी, ओमप्रकाश राउत, निकेश अधिकारी, सरोज बस्याल, मदन रिजाल, सागर जोशी, देवीप्रसाद पाण्डे, राजु थापा, प्रशन्न मुल्लिक, मनोज भण्डारी, किशोर दाहाल, रामचन्द्र मिश्र, अनुप प्रधान विजयी हुनुभएको छ ।

यस्तै मिन्साङ लामा, रमेश सेन्चुरी, विनिता क्षेत्री, मुना दाहाल, सिर्जना मिश्र, सकुन्तला रानामगर र कोसिना ढकाल निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत सत्यालले बताउनुभयो । काठमाडौँ शाखाको नवौँ जिल्ला अधिवेशनको आइतबार नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले उद्घाटन गर्नुभएको थियो । शाखाका कार्यवाहक अध्यक्ष अच्युत रेग्मीको संयोजकत्वमा नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array