सेवाग्राहीसँग घुस लिँदै गर्दा विभिन्न अभियुक्त अख्तियारको नियन्त्रणमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ असार २०८०, बिहीबार
1 Min Read
Aa

रुपन्देही, रुपन्देही कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्द्रकुमार यादव वडा नं ५ को सडकको ग्राभेल र पिससी कार्यको भुक्तानीका लागि सेवाग्राहीसँग रु ४५ हजार घुस लिएको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको छ ।

अभियुक्त यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको हो ।

त्यसैगरी महोत्तरीको सम्झी गाउँपालिकाको लेखापाल रौशनकुमार राउत र कार्यालय सहयोगी घरीन यादवलाई कोभिड–१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रमको भुक्तानी गर्ने क्रममा रु एक लाख २५ हजार घुस लिइरहेको अवस्थामा आयोगको कार्यालय बर्दिवासबाट खटिगएको टोलीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई लेखापालको कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दालहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array