राष्ट्रियसभाको बैठक मंगलबारका लागि तोकियो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ असार २०८०, सोमबार
0 Min Read
Aa

काठमाडौँ,  आजका लागि बोलाइएको राष्ट्रियसभाको बैठक मंगलबारका लागि सारिएको छ ।

आज बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठक विशेष कारणवश भोलिका लागि सारिएको सङ्घीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमको भनाइ छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असार २६ गतेका लागि बैठक निर्धारण गर्नुभएको हो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array