तारकेश्वर नगरपालिका प्रमुख कृष्ण हरि महर्जनद्धारा जितपुर मा.विलाई स्कुल बस प्रदान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ असार २०८०, सोमबार
6 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले कक्षा ९ देखि सिभिल इन्जीनियरीङको अध्ययन हुने तारकेश्वर नगरपालिकाको एक मात्र सामुदायिक विद्यालय जितपुर.मावि लाई स्कुल बस प्रदान गर्नुभएको छ ।

May be an image of 6 people and text
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि तारकेश्वर नगरपालिकाका २१ वटा सामुदायिक विद्यालयहरुलाई बस प्रदान गर्ने नगरप्रमुख कृष्ण हरि महर्जनको नीति अनुरुप तारकेश्वर नगरपालिका वडा नं ३ स्थीत जितपुर माध्यामिक विद्यालयलाई आज उक्त बस हस्तान्तरण गर्नुभएको हो । निर्वाचनका क्रममा तारकेश्वरका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएका नगरप्रमुख महर्जनले निर्वाचीत भएलगतै सामुदायिक विद्यालयमा त्यस अघि नगरपालिकाबाट बिनियोजन हुंदै आएको १ करोड ३० लाख बजेटलाई बृद्धि गरी ८ करोड बजेट बिनियोजन गर्नुभएको थियो । गत बर्षको शिक्षा क्षेत्रमा सर्वाधीक बजेट बिनियोजन गर्ने ७५३ स्थानीय निकाय मध्यमा तारकेश्वर नगरपालिका अग्रणी नगरपालिकाको रुपमा रहेको छ । गत बर्षको तुलनामा बजेटको आकार घटेको तारकेश्वर नगरपालिकामा अन्य शाखाहरुको बजेट कटौती भएपनि नगरप्रमुखले शिक्षा शाखाका लागि भने गत बर्ष भन्दा पनि अझै बढाएर ९ करोड बजेट बिनियोजन गर्नुभएको छ ।

May be an image of 3 people and text
कार्यक्रममा बोल्नुहुंदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले तारकेश्वरका सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको आर्कषण बढाउन तथा अध्ययनरत विद्यार्थीहरुको सहजताका लागि नगरभित्रका २१ वटै सामुदायिक विद्यालयहरुलाई स्कुलबस प्रदान गदै लगिने बताउनुभयो ।
नगरप्रमुख महर्जनले भन्नुभयो “सामुदायिक बिद्यालयहरुमा गरिबका बच्चा मात्र पढछन् भन्ने मान्यता रहंदै आएको छ, हामी त्यस मान्यतालाई परिवर्तन गर्न लागि रहेका छौं, शिक्षा धनी र गरिबलाई फरक हुंदैन्, अव हामी तारकेश्वरका सामुदायिक विद्यालयहरुमा गरिब देखि धनी सम्मका बच्चाहरुलाई गुणस्तरीय शिक्षा प्रदान हुन्छ भन्ने सन्देश दिन लागिपरेका छौं”
तारकेश्वरको एक मात्र सिभिल इन्जीनियरीङ सम्बन्धी प्राविधिक शिक्षा अध्ययापन हुने जितपुर मा.विमा अध्ययनका लागि नेपालटार देखि वडा नं ३ को बिकट क्षेत्रको रुपमा रहेको ख्यालबुचा सम्मका विद्यार्थीहरु अध्ययनका लागि आउने गरेको छन् ।
बस दिनु मात्र ठुलो कुरा होइन् यसलाई मायाँ पनि गर्न सक्नु पर्दछ नगरप्रमुख महर्जनले भन्नुभयो स्कुलका लागि बस सेवा दिन आएको हो, भोलीका दिनमा बस समस्याको रुपमा खडा हुने अवस्था नहोस, त्यस तर्फत ध्यान दिन जरुरी छ ।
थि प्री मोडलमा तारकेश्वरलाई शैक्षिक हबको रुपमा विकास गर्न चाहेको बताँउदै नगरप्रमुख महर्जनले त्यसका निम्ती सबै क्षेत्रको सहयोग खाँचो रहेको बताउनुभयो ।
तारकेश्वरले ल्याएका कतिपय नीति, निर्माण र कार्यविधिहरु नेपालका अन्य स्थानीय निकायले समेत अनुसरण गरिरहेको बताँउदै नगरप्रमुख महर्जनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सम्बन्धीत वडाका अध्यक्ष वा जनप्रतिनिधिहरु रहने गरी एक बर्ष अघि देखि तारकेश्वरमा लागु गरिएको व्यवस्था महानगरपालिकाले समेत सुरुवात गर्नुले यसको आवश्यकता र औचित्यतालाई पुष्टी गरेको बताउनुभयो ।
विद्यालयमा आउने क्रममा सडकको अवस्था जिर्ण रहेको देख्नुभएका नगरप्रमुख महर्जनले बसको चक्कामा हिलो नलाग्ने गरी सडकका लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्तगर्नुभयो । सो अवसरमा नगरप्रमुख महर्जनले विद्यालयको शौचालय निर्माणका लागि २५ लाख बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

May be an image of 3 people and text
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं तारकेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले जितपुर मा.वि बाट बितरण सुरु गरिएको पहेलो बस तारकेश्वरका अब सबै सामुदायिक विद्यालयले गुडाउने बताँउदै बसको रेखदेख र उचित व्यवस्थापनका निम्ती विद्यालय जिम्मेवार रहनुपर्ने बताउनुभयो ।
अध्यक्ष अर्यालले एक विद्यालय, एक नर्स कार्यक्रम अन्तर्गत तारकेश्वरका सवै सामुदायिक विद्यालयहरुमा यस बर्ष देखि नर्सहरुको व्यवस्था गर्न लागिएको बताउनुभयो ।

May be an image of 8 people, temple, dais and text
तारकेश्वर नगरपालिका नगरशिक्षा समितिका सदस्य राजेन्द्र प्रसाद तिमिल्सीनाले बिगतमा समानीकरण बजेटको आधारमा विद्यालयलाई स्कुल बस उपलव्ध गराँउदै आएपनि यस पटक देखि नगरपालिको पुर्ण लगानीमा विद्यालयलाई बस हस्तान्तरण सुरु गरिएको बताउनुभयो ।
तारकेश्वर नगरपालिकाको सामुदायिक विद्यालयहरुलाई यातायात मैत्री बनाउने अभियान स्वरुप अन्य विद्यालयहरुमा पनि बस हस्तान्तरण कार्यक्रम रहेको बताँउदै स्कुल बसका लागि विद्यालयले शैक्षिक गुणस्तर र विद्यार्थीसंख्या बृद्धि गर्नु जरुरी रहेको बताउनुभयो ।
यातायातको साधन पाउने सराहनीय कुरा हो । परम्परागत पठन पाठन विधिलाई परिमार्जन गदै । शिक्षकहरु सुचना प्रविधिमा अपडेट हुनुपर्ने, सञ्चार, स्मार्टबोर्डहरुको गुणात्मकता तर्फ जोड गदै शिक्षकहरु प्रविधि मैत्री, अध्ययनशील, अध्यता हुनुपर्ने ।
जितपुर मा.वि यस क्षेत्रको महत्वपुर्ण स्कुल रहेपनि विद्यार्थी संख्या दिनानुदिन घटनु दुखद रहेको बताँउदै विद्यालय, व्यवस्थापन समिति, अविभावक, प्रधानाध्यापक सबैले समुदायसंगको सम्बन्ध बढाउनुपर्ने बताउनुभयो ।

May be an image of 6 people and text
विद्यालयका प्रधानाध्यापक हरि कृष्ण अर्यालले कक्षा ९ देखि सिभिल इन्जीनियरीङको प्राविधिक पढाइ हुने यस विद्यालयमा टाढाटाढाबाट विद्यार्थी हिडेर आउनुपर्ने अवस्थाका कारण पठन पाठनमा समेत प्रभावीत हुंदै आएकोमा विद्यालयलाई बस हस्तान्तरण पछि अब सहज हुने बताउनुभयो ।

प्राविधिक बिषयमा अध्ययनका लागि विद्यार्थीहरुको चाप बढन थालेको बताँउदै प्रधानाध्यापक अर्यालले विद्यालयका लागि आगामी दिनमा भौतिक संरचना चुनौतिको रुपमा खडा भएको बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रवक्त एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खडगी, वडा नं १ का अध्यक्ष बिदुर सापकोटा, वडा नं ७ का अध्यक्ष सानुकाजी खत्री, तारकेश्वर नगरशिक्षा शाखाका प्रमुख पदम बहादुर खत्री, कालीदेवी मा.विका अध्यक्ष प्रधानाध्यापक कृष्ण ओझा, तारकेश्वर नगरपालिका वडा नं २ का वडा सदस्य एवं चर्चीत कलाकार किशोर भण्डारी, तारकेश्वर नगरशिक्षा शाखाका बासु तिमिल्सीना लगायतको उपस्थीति रहेको थियो ।

May be an image of 7 people and text

dffd

May be an image of 5 people, people smiling, temple and text

May be an image of 2 people and text

May be an image of 6 people and text

May be an image of 1 person and text

May be an image of 5 people, temple and text

sd

प्रतिक्रिया दिनुहोस्

Array