तारकेश्वर नगरपालिकाद्वारा वातावरण संरक्षण गर्ने उद्देश्यले आज वृक्षारोपण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ असार २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ,  तारकेश्वर नगरपालिकाले वातावरण संरक्षण गर्ने उद्देश्यले आज वृक्षारोपण गरेको छ । नगरपालिका–६ स्थित धर्मस्थलीमा जनप्रतिनिधिलगायतको उपस्थितीमा वृक्षारोपण गरिएको हो ।

हरित नगरपालिका बनाउने उद्देश्यले अम्बा, ओखर, कपुरलगायतका तीन हजार पाँच सय बिरुवा आज रोपिएको छ । साथै वडा नं १ देखि ११ सम्म वृक्षारोपण गर्ने कार्यक्रम रहेको नगर प्रमुख कृष्णहरि महर्जनले जानकारी दिनुभयो ।

तारकेश्वरका उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले जग्गा जथाभावी खण्डिकरण हुँदा यसले वातावरणमा असर पारेको भन्दै वातावरण संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण गरिएको बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा कृष्णबहादुर घिमिरेले भन्नुभयो, “वृक्षारोपण अभियान सरकारको हो । यसमा तीन वटै तहका सरकारको सहयोगमा काम भइरहेको छ ।”

जनप्रतिनिधिहरुले वृक्षारोपण गर्ने उद्देश्यले फलफूलसहितका पाचँ हजार बिरुवा ल्याइसक्नुभएको र ११ वटै वडामा वृक्षारोपण गरिने उहाँको भनाइ छ । विरुवाका लागि काठमाडौँ जिल्ला सम्वन्य समिति र जेभी फाउन्डेसनले सहयोग गरेको हो ।

आजको वृक्षारोपण कार्यक्रममा नगरका जनप्रतिनिधि वडा अध्यक्ष कर्मचारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

Array