तारकेश्वरलाई हरितगृह नगर बनाउन ११ वटै वडामा बृक्षारोपण गरिने, नगरप्रमुख महर्जनद्धारा बृक्षारोपणको सुभारम्भ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ असार २०८०, बुधबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकालाई हरितगृह नगर बनाउनका लागि ११ वटै वडाका खाली जग्गाहरुमा बृक्षारोपण गरिने भएको छ ।
तारकेश्वर नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रममै यस बिषयलाई समावेश गरेर अभियानको रुपमा ११ वटै वडामा खाली रहेका सार्वजनीक जग्गाहरुमा बृक्षारोपण गर्न लागेको हो ।

May be an image of 1 person, grass and tree

May be an image of 1 person, grass and treeविश्व जनसंख्या दिवस जुलाई ११ को अवसरमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन,उपप्रमुख सृजना बुर्लाकोटी अर्याल र प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरेले नगरपालिकाको कार्यालय अगाडी रहेको बुद्ध पार्क तथा आसपासको खाली जग्गाहरुमा हिजो बृक्षारोपण गरेर कार्यक्रमको सुभारम्भ गर्नुभएको हो ।

May be an image of 2 people, grass and tree

May be an image of 3 people, grass and treeMay be an image of 9 people, grass and tree

May be an image of 8 people and people smilingबृक्षारोपण कार्यक्रममा तारकेश्वर नगरपालिकाका वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, वडा नं ४ का अध्यक्ष नरेन्द्रदास श्रेष्ठ, वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, वडा नं ७ का अध्यक्ष सानुकाजी खत्री, नगरकार्यपालिका सदस्य शान्ता थपलिया, अञ्जु बस्नेत, गिता नेपाली, तारकेश्वर न्यायीक समितिका सदस्य मिरा थापा, वडा नं ६ का वडा सदस्य रामचन्द्र घिमिरे, वडा नं ११ की वडा सदस्य लिला बराइली, लगायतका जनप्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।
त्यस्तै पशु सेवा शाखा प्रमुख धनपती राय यादब, लेखा शाखाका प्रमुख खिला बास्कोटा, योजना शाखाका प्रमुख सागर अर्याल, कानुन तथा सहकारी शाखाका प्रमुख तिर्थराज थापामगर, कृषि शाखा प्रमुख मिना कुमारी थापा, योजना शाखाकी अधिकृत सीता थपलिया, स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुंवर, सूचना प्रविधि अधिकृत नरहरी गौतम, उद्यम विकास सहजकर्ता रामहरी न्यौपाने, तारकेश्वर नगरप्रहरीका प्रमुख सहित जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासी समेतले बृक्षारोपण गर्नुभएको थियो ।
बृक्षारोपणको सुभारम्भ गर्नुहुंदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले तारकेश्वर नगरपालिकालाई हरितगृह नगरपालिका बनाउने अभियान अन्तरगत बृक्षारोपण कार्यक्रमको सुभारम्भ गरिएको बताउनुभयो ।
बृक्षारोपण अभियानलाई अव तारकेश्वरका ११ वटै वडाहरुमा लगिने बताँउदै नगरप्रमुख महर्जनले सार्वजनीक जग्गाहरुमा बृक्षारोपण गरेर सरकारी जग्गाको संरक्षण गर्ने नगरपालिकाको अभियान रहेको समेत बताउनुभयो ।
नगरप्रमुख महर्जनले मापदण्ड अनुसार खोलाको करिडोर छुटयाई करिडोर निर्माण पछि बाँकी रहेको सार्बजनीक, अ‍ैलानी र प्रती जग्गाहरुमा ग्रिनबेल्टको अवधारणा समेत अगाडी सारीएको बताउनुभयो ।

May be an image of 15 people and tree
यस अघि नगरपालिकाको कार्यालय छेउमा रहेको प्लटीङले सरकारी जग्गामा बाटो राखेर बेचिएको भेटेपछी नगरप्रमुख महजर्नको निर्देशनमा प्लटीङको उक्त बाटो बन्द गरिएको छ ।
बृक्षारोपण कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले जलबायु परिवर्तनका कारण विश्वभर मानिसमा नकारात्मक प्रभाब परिरहेको बताँउदै त्यसबाट बच्नका लागि बृक्षारोपण जरुरी रहेको बताउनुभयो ।
उपप्रमुख बुर्लाकोटी अर्यालले नगरपालिकाको सार्वजनीक जग्गा अतिक्रमण रोक्न बृक्षारोपण थालिएको बताउनुभयो । नगरपालिका भित्रका सार्वजनीक प्रती जग्गा संरक्षणका लागि नगरपालिका लागि परेको बताँउदै नगरउपप्रमुख अर्यालले वडाहरु मार्फत जग्गा संरक्षणको अभियान सुरु भइसकेको बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरेले वातावरण एवं पर्यावरण संरक्षण गर्नु सबैको दायित्व रहेको बताँउदै रोपिएका बोट बिरुवाहरूको संरक्षण गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो ।
तारकेश्वर नगरपालिकामा सार्वजनीक जग्गा नजिक गरिएका अधिकंस प्लटिङहरुले सरकारी जग्गामा बाटो हालेर बिक्री गरेको भेटेपछि नगरपालिकाले त्यस्ता बाटो बन्द गराउने अभियान समेत सुरु गरेको छ ।
भुमाफियाहरुले जग्गा अतिक्रमण गर्ने तथा सार्वजनीक स्थल नजिकका जग्गा खरिद गरेर बाटो हाल्ने कार्यहरुलाई निरुत्साहीत गर्न सार्वजनीक, ऐलानी र प्रति जग्गा संरक्षण गरेर जाने नगरपालिकाको नीति रहेको तारकेश्वर नगरपालिकाको योजना शाखा प्रमुख सागर अर्यालले बताउनुभयो ।

May be an image of 2 people and tree

May be an image of 5 people, grass and tree

May be an image of 1 person and grass

May be an image of 4 people and textMay be an image of 6 people and tree

May be an image of 5 people and grass

May be an image of 2 people, grass and tree

May be an image of 1 person and grass

May be an image of 11 people and tree

May be an image of 2 people, tree and grass

May be an image of 2 people and grass

May be an image of 2 people and tree

May be an image of 8 people and tree

May be an image of 4 people, people smiling and flower

fgd

प्रतिक्रिया दिनुहोस्

Array