कोशी ब्यारेजमा ट्रक खस्यो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ असार २०८०, शुक्रबार
1 Min Read
Aa

 काठमाडौँ, पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजमा आज ट्रक खसेको छ ।

ब्यारेजको ढोका नं १० बाट मे१ख ३००७ नंको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ख १८६५ नंको बस र विपरीत दिशाबाट आइरहेको ट्रक एकापसमा ठोकिँदा ट्रक कोशी नदीमा खसेको हो ।

नदीमा झरेको ट्रकमा सवार चालक र अन्य व्यक्तिलाई सकशुल उद्धार गरिएको छ । यसैबीच कोशीमा खसेका ट्रकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएका छ । घटनाको थप विवरण आउन अझै बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array