लम्पी स्किन रोग नियन्त्रण बारेमा सदनलाई जानकारी गराउन सभामुखको निर्देशन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ असार २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ,  सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासका बारेमा सदनलाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

देशव्यापी रुपमा महामारीका रुपमा फैलिएको सो रोगका कारण हजाराँै पशुचौपाया मरेका कारण किसान मर्कामा परेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सांसदहरुको पटक–पटकको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सो रोग नियन्त्रणका लागि सरकारका तर्फबाट भइरहेको प्रयासका बारेमा जानकारी गराउन कृषि मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।

त्यसअघि सांसद दीपकबहादुर सिंहले हेटौँडामा सडक विस्तारको सूचना टाँसिएका कारणले स्थानीयवासी आतङ्कित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले हैटौँडा बजारमा सडक विस्तार गर्ने हो भने मुआब्जा प्रदान गर्नसमेत सरकारसँग माग गर्नुभयो । सांसद सिंहले देशव्यापीरुपमा बाँदरले आतङ्क मच्चाएकाले त्यसलाई नियन्त्रण गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array