प्रतिनिधिसभामा राष्ट्रियसभाको सन्देश प्रस्तुत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ असार २०८०, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ,  प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न तीन विधेयकका सन्दर्भमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गरिएको छ ।

सभाका सचिव पद्यमप्रसाद पाण्डेयले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गर्नुभएको हो ।

राष्ट्रियसभाको आजको बैठकले ती विधेयक पारित गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार ३१ गते आइतबार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array