एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ श्रावण २०८०, बुधबार
0 Min Read
Aa

काठमाडौँ ,  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गर्नुभएको छ ।

कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

टोलीमा अध्यक्ष ओलीसँगै उहाँका पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहनुभएको छ । उहाँ यही साउन ८ गते स्वदेश फर्कनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्